अस्पतालको भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या
पाल्पा अस्पतालको भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको छ । एक सय वर्ष पुरानो जीर्ण भवनबाट पाल्पा अस्पतालको सेवा प्रवाह हुँदै आएको छ । दैनिक ६ सय जनासम्म बिरामी आउने यो अस्पतालको पुननिर्माणका लागि हरेक वर्ष बजेट विनियोजन हुने गरेपछि कार्यान्वयन नहुँदा बजेट फर्कने गरेको हो ।
विगत तीन वर्षदेखि अस्पताल निर्माणका लागि विनियोजित करोडौँ रकम काम नभई फिर्ता हुँदै आएको छ । भवन निर्माणका लागि आवश्यक जग्गा प्रबन्ध हुन नसक्दा अस्पतालको सेवा जीर्ण भवनमै सीमित भएको छ । आर्थिक वर्ष २०७८/७९ मा पुर्ननिर्माण प्राधिकरणबाट ६० करोड रुपियाँ रकम सुनिश्चित भएको थियो । तर भवन निर्माणका लागि आवश्यवक जग्गा उपलब्ध नहुँदा रकम फिर्ता गएको थियो ।
पाल्पा अस्पतालको स्वामित्वमा अहिले आठ रोपनी जग्गा छ । लुम्बिनी प्रदेश सरकारले चार वर्षअघि यस अस्पताललाई १ सय शैयाको बनाउने निर्णय गरेको थियो । अस्पतालको नयाँ भवन बनाउनका लागि कम्तीमा १२ रोपनी जग्गा आवश्यक हुन्छ ।
भवन निर्माण गर्न जग्गा व्यवस्थापन गर्न नसक्दा सङ्घीय सरकारबाट भवन निर्माणका लागि विनियोजन भएको रकम फिर्ता हुने गरेको पाल्पा अस्पताल प्रशासन शाखाका प्रमुख सुशिल ज्ञवालीले बताउनु भयो । आर्थिक वर्ष ०८०/८१ मा अस्पतालको भवन निर्माणका लागि सङ्घीय सरकारबाट १२ करोड बजेट विनियोजन भएको थियो । उक्त रकम समेत यो वर्ष खर्च हुन नसकेको ज्ञवालीले बताउनु भयो ।
२०८१/८२ मा पुनः भवन निर्माण गर्न २ करोड रकम विनियोजन गरेको छ । हाल अस्पताल रहेको क्षेत्रवरपर जग्गा व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष रकम फिर्ता भएको ज्ञवालीले बताउनु भयो । पुरानो र जीर्ण भवनबाट धेरै बिरामीलाई सेवा दिन कठिनाई भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. राजेन्द्रबहादुर जिसीले बताउनु भयो । जीर्ण र साँघुरो भवनमा बिरामी जाँच गर्ने कक्षसमेत व्यवस्थापन गर्न गाह्रो भएको उहाँले बताउनु भयो ।
नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा प्रत्येक नागरिकलाई स्वस्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ । सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार किटान गरिएको छ । तर, पाल्पा अस्पतालमा भने भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको छ ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…