अस्पतालको फार्मेसी बन्द हुँदा बिरामी मर्कामा
१४ शैया क्षमता भएको पर्वत जिल्ला अस्पतालले सञ्चालनमा ल्याएको औषधि विक्री कक्ष (फार्मेसी सेवा) बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
०७३ साल साउन १ गतेदेखि अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसी वैशाख १ गतेदेखि बन्द हुँदा अस्पतालमा उपचार गराउने बिरामीलाई समस्या परेको हो ।
जिल्ला अस्पताल पर्वतले निशुल्क पाइने औषधि बाहेकका अन्य औषधि चिकित्सकको अनुमतिमा बिरामीलाई छुट सेवा दिएर विक्री वितरण गर्ने गरी फार्मेसी सञ्चालनमा ल्याएको थियो ।
पछिल्लो समय फार्मेसीमा कार्यरत फर्मासिष्ट कर्मचारी सम्राट शर्मा र व्यवस्थापन पक्ष बीच तलब र व्यवस्थापनका विषयमा विवाद भएपछि फार्मेसी महिना दिनदेखि बन्द भएको हो ।
अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ बमोजिम औषधिको मुल्यमा ७ प्रतिशत रकम छुट दिने गरी ल्याइएको फार्मेसी बन्द भएपछि औषधोपचारका लागि जिल्ला अस्पतालमा आएका बिरामीहरू औषधि लिनकै लागि निजी क्लिनिकमा धाउन बाध्य भएका छन् ।
निर्देशिका अनुसार १५ देखि २५ शैया सम्मको क्षमता भएको अस्पतालले फार्मेसी सेवा सञ्चालन गरी बिरामीलाई औषधिको सेवा दिनुपर्ने प्रावधान रहेको छ ।
गण्डकी प्रदेश सरकार मातहतमा सञ्चालित जिल्ला अस्पतालमा सुरक्षित प्रसूतिका लागि आएकी कुश्मा नगरपालिका–१३ खौलालाँकुरीकी यमुना क्षेत्रीका पति यामबहादुर क्षेत्रीले अस्पताल भित्र औषधि कक्ष बन्द हुँदा आफू निजी क्लिनिकमा धाउनुपरेको दुखेसो पोखे ।
‘अस्पताल भित्र फार्मेसी त छ । तर, कहिल्यै खुल्दैन ।’–उनले भने–‘डाक्टरले लेखेको कागज लिएर बाहिर दगुर्नुपर्छ ।’
उपचारकै लागि जिल्ला अस्पताल पर्वतमा आएका बागलुङ कुश्मीसेरा नगरपालिका–५ का ३९ वर्षीय ठाकुर लम्सालले पनि औषधिका लागि निजी क्लिनिकमा जानु परेको दुखेसो गरे ।
पर्वत जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले फार्मेसी छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।
उनले बिरामीहरूको तीव्र गुनासो आएपछि कर्मचारी छनोटको काम अघि बढाइएको र सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…