अस्पतालको प्रयोगशालका कर्मचारी कुटपिट घटनाका आरोपित गिरफ्तार
नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत प्राविधिक वीरगञ्ज–२६ बस्ने २८ वर्षिय अताउल हक र स्वीपर ४२ वर्षिय महेन्द्र राउतलाई कुटपिट गरेको आरोपमा प्रहरीले बारा जिल्लाको प्रसौनी गाउँपालिका–६ का २६ वर्षीय आदर्श साह र २० वर्षीय आकाश साहलाई चैत ७ गते गिरफ्तार गरेको छ ।
आरोपितहरू चैत ७ गते राति साढे नौ बजेतिर प्रयोगशालामा रगत परीक्षणको रिपोर्ट माग्न गएका बेलामा ‘रिपोर्टका लागि एकैछिन पर्खनुस’ भन्दा आक्रोशमा आएर कुटपिट गरेको पीडितहरूले आरोप लगाएका छन् ।
४/५ जनाको समूहले पीडितद्वयलाई कुटपिट गरेको अस्पतालले जनाएको छ ।
दुवैजनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको डिएसपी खनालको भनाइ छ । आरोपितद्वयले प्रयोगशाला भित्रै पसेर कुटपिट गर्दा माइक्रोस्कोप, कम्प्युटर, प्रिन्टर, कुर्सी, ट्युब राख्ने भाँडो लगायतका सामग्रीमा क्षति पुगेको छ ।
प्रयोगशालामा १ लाख ५० हजार रुपियाँ बराबरको नोक्सानी भएको इञ्चार्ज हिराबाबु पाण्डेले जानकारी दिनु भयो ।
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…