अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या
रेसुङ्गा नगरपालिका स्थित गुल्मी अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र परेर पुरानो भवनमा सञ्चालन हुँदा सेवाग्राहीलाई समस्या भएको छ ।
गुल्मी अस्पतालमा अहिले दैनिक करिब ४ सय जना बिरामीले सेवा लिइरहेका छन् । बिरामीहरूको भिडले अस्पतालमा खुट्टा टेक्ने ठाउँ हुँदैन । बिरामीहरूको चापलाई हेरेर अस्पतालले ४ महिनादेखि बिहान ९ बजेबाटै ओपिडी सेवा सुरु गरेको छ । तर, अस्पतालको संरचना राम्रो नहुँदा सेवा प्रवाहमा सास्ती खेपिरहेका छन् ।
चार दशक पुरानो जीर्ण भवनबाट अहिले पनि ५० शैया अनुसारको सेवा अस्पतालले थेगिरहेको छ । बिरामी बढ्दा सुताउने ठाउँ हुँदैन । एउटा कोठामा तीन जना डाक्टर बसेर बिरामी हेर्नुपर्ने अवस्था संरचनाको कारण भइरहेको छ । तर, अस्पतालको अत्याधुनिक भवन समयमै निमार्ण हुन नसकेको गुल्मी अस्पताल, तम्घासको अस्पताल विकास समिति अध्यक्ष गोपालप्रसाद पाण्डेयले गुनासो गर्नुभयो । गुल्मी अस्पताल ०७१ सालमा ५० शैयामा स्तरवृद्धि भएको थियो ।
करिव सात वर्षपछि ०७८ असार १८ गते राष्ट्रिय पुनर्निमाण प्राधिकरणबाट नयाँ भवनको लागि बजेट विनियोजन भएर निर्माण सम्झौता भएको थियो । सम्झौता अनुसार ०८० असार १७ गतेसम्म निर्माण व्यावसायीले काम सक्नुपर्थ्यो । तर, ६ महिना म्याद थप गर्दा पनि काम सकिएको छैन । स्वच्छन्द–बानियाँ जे.भी हेटौँडाले पाँच तल्लाको भवन निर्माणको लागि २५ करोड ९५ लाख ६४ हजार २ सय ३ रुपियाँमा सम्झौता गरेको छ । समयमै भवनको काम नहुँदा सेवा गुणस्तरीय बनाउन र थप सेवा बिस्तार गर्न आफूहरूलाई कठिन भएको अस्पताल विकास समिति अध्यक्ष पाण्डेयले बताउनु भयो ।
पुरानो भवन जिर्ण छ । साँघुरा कोठाको कारण बिरामी र डाक्टर दुवै पक्षलाई सास्ती भएको छ । तर, निर्माण व्यावसायीले आफूहरूको पीडा नबुझेको पाण्डेयले बताउनु भयो । भवनको अहिलेसम्म करिव ७५ प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीका इन्जिनियर सागर दुलालले जानकारी दिनुभयो । भवनको फिनिसिङ्गका धेरै काम गर्न बाँकी छ । निर्माण व्यवसायीबाट म्याद थप भए पनि कामले सोचे अनुसारको गति लिएको छैन । समयमै भवन निर्माणको काम सम्पन्न हुने भनिए पनि कामको गति अत्यन्तै सुस्त रहेको छ । नयाँ भवनमा आइसीयु कक्ष, सर्जिकल, मेडिकल, चिल्ड्रेन लगायतका उपचार कक्षको छुट्टाछुट्टै व्यवस्था रहेको छ ।
भवनलाई जतिसक्दो छिटो सम्पन्न गर्न पहल गर्दै आएपनि निर्माण पक्षबाट काम सुस्त हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो । गुल्मी अस्पतालमा हाडजोर्नी, गाइनोलोजिष्ट, हेमो डायलाइसिस सेवा लगायतका सेवा बिस्तार भएका छन् । अहिले आइसियु सेवा सञ्चालनको लागि व्यावस्थापकीय काम अगाडि बढेको छ । तर, पुर्वाधारको अभावमा सबै काम निकै कष्ट र चुनौतिपूर्ण रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर किशोर बन्जाडेले बताउनु भयो ।
यो वर्ष गुल्मी अस्पताल आन्तरिक मूल्याङ्कनमा लुम्बिनी प्रदेशमै तेस्रो भएको थियो । तर, उत्कृष्ट हुन भौतिक पूर्वाधारका सूचकहरूमा नम्बर पाउने अवस्था आफूहरूको नभएको बन्जाडेले बताउनु भयो । उहाँले सबै तहका जनप्रतिनिधिलाई अस्पतालको भौतिक संरचना र नयाँ भवनको कामको विषयमा ध्यानाकर्षण गराएको बताउनु भयो । ‘सेवा प्रवाह गुणस्तरीय बनाउन भौतिक पूर्वाधारको ठूलो महत्व रहेको छ । तर, हामी एकै कोठामा तीन/चार जना डाक्टर राखेर काम गरिरहेका छौँ । ५० शैयाको अस्पतालको सेवा पूर्ण फेजमा सञ्चालन गर्न सकिरहेका छैनौ', बन्जाडेले भन्नुभयो ।
संरचनाको कारण अस्पताल प्रशासनसँगै नागरिकलाई समेत सास्ती भएको छ । अस्पतालमा आएका सेवाग्राही राम्रोसँग उभिएर सेवा लिने अवस्था छैन । यो गुल्मी र अर्घाखाँचीका नागरिकको सबैभन्दा ठूलो अस्पताल हो । दैनिक सयौँ जनाले सेवा लिइरहेको अस्पतालको भौतिक संरचनामा ढिलासुस्ती हुनु निकै दुखद विषय बनेको रेसुङ्गा नगरपालिका–३ का स्थानीय प्रेम केसीले गुनासो गर्नुभयो । उहाँले गाउँगाउँमा १५ शैयाका अस्पतालको नाममा उपयोग विहिन बजेट खर्च गर्नभन्दा गुल्मी अस्पताललाई छिटो निर्माण र सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…