अशक्त, अपाङ्ग, जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन उपप्रमुख बुढाथोकीद्वारा सुविधाको गाडी अस्पताललाई हस्तान्तरण
चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुविधाको गाडी अशक्त, अपाङ्ग, जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने गरी चाँगुनारायण अस्पताललाई हस्तान्तरण गर्नु भएको छ ।
उहाँले उपप्रमुखले पाउने सुविधाको गाडी जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले ०७९ जेठ २७ गते चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।
उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले चुनाव अगाडि मतदातासँग गरेकाे बाचा अनुसार नगरपालिकाबाट पाउने गाडी नगर अस्पताललाई हस्तान्तरण गरेको छु ।”
साथै उहाँले भन्नुभयो- “मेरो सुबिधाको गाडी नगर क्षेत्र भित्र रहेका बृद्धबृद्धा, शारीरिक अशक्त, दीर्घ रोगी, बिरामीहरूलाई घरदैलोमै गई चिकित्सकीय सेवा प्रदान गर्ने हेतुले अस्पताललाई हस्तान्तरण गरेको हुँ, नगरपालिकाबाट पाउने कुनै पनि सुबिधा म लिन्न ।”
उहाँले नगरपालिकाबाट पाउने गाडी, पेट्रोल, तलब, भत्तालगायतका अतिरिक्त कुनै पनि सुबिधा नलिने घोषणा समेत गर्नु भयो ।
सफल व्यवसायीसमेत रहनु भएका उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले पाउने तलब, भत्ता पनि छुट्टै कोष खडा गरेर नगर क्षेत्रका गरिब जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त व्यक्तिहरूको बृद्धि विकासको क्षेत्रमा, महिला उद्यमशिलता एवम् स्वरोजगारको क्षेत्रमा खर्च गर्नेछु ।”
उपप्रमुख बुढाथोकीले नगरपालिकाको समग्र विकासमा अबको पाँच वर्ष सक्रिय भएर लाग्ने बताउनु भयो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…