अविरल वर्षाले कक्षा कोठामा पानी पस्दा विद्यार्थीहरू चौरमा बसेर पढ्न बाध्य
एक सातादेखि नियमित रूपमा परेको अविरल वर्षाले कक्षा कोठामा पानी पस्दा सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माविका विद्यार्थीहरू खुल्ला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् ।
विद्यालयको कक्षा कोठामा पानी पसेको कारण विद्यार्थीहरूलाई चौरमा राखेर पठनपाठन गराउन बाध्य भएको विद्यालयका प्रधानध्यापक कैलाश रोकायाले बताउनु भयो । अविरल वर्षाले कक्षा कोठाभरी पानी पसेपछि विद्यार्थीलाई बस्न नमिल्ने हुँदा चौरमा डेस्क, बेञ्च ल्याएर पठनपाठन गराइएको प्रधानध्यापक रोकायाले बताउनु भयो । वर्षायाममा पानी पर्दा विद्यार्थीले प्रायजसो चौरमा पठनपाठन गर्दै आएको विद्यालयका प्रधानाध्यापक रोकायाको भनाइ छ ।
सधैँ पानी पर्दा विद्यार्थीले चौरमा पठनपाठन गर्नुपर्ने बाध्यताको अन्त्य गर्न विद्यालयले सिमकोट गाउँपालिकालाई आग्रह गरे पनि सुनुवाई नभएको उहाँले उल्लेख गर्नुभयो । पानी पर्दा विद्यार्थीले भोग्नु पर्ने समस्या अन्त्य गर्न आग्रह गरिएको उहाँले बताउनु भयो । राति पानी पर्ने र कक्षा कोठामा पानी पसेर असर गर्दा दिउँसो विद्यार्थीलाई खुल्ला आकाश मुनीको चौरमा पठनपाठन गराउँदा थप समस्या हुने गरेको छ ।
पठनपाठनमा समस्या हुँदा समेत कसैले ध्यान नदिएको कक्षा ५ मा अध्ययनरत रमिला बुढाले गुनासो गर्नुभयो । उहाँले मौसम सफा भएको दिनमा मात्रै विद्यालय जाने बताउनु भयो । पानी परेको दिनमा पठनपाठन थप प्रभावित हुने गरेको बुढाले जानकारी गराउनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…