अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा स्थानीय बासिन्दाको जनजीवन प्रभावित
अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा उत्तरी धादिङमा रहेका स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ । वर्षातका कारण नदी तथा खोला र नालामा पानीको बहाव बढेपछि सडक बाटो कटान गर्नुका साथै धनजनको क्षति पुर्याएको हो ।
उत्तरी धादिङको तिप्लिङसम्म सदरमुकाम धादिङबेसीले जोड्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा मानिस डिँड्ने बाटो समेत बन्द भएको छ । पहिरोले बाटो बन्द भएका कारण रुबिभ्याली गाउँपालिका र झार्लाङसँग यातायात सम्पर्क विच्छेद भएको छ ।
खनियाबास गाउँपालिका-१ को पेर्चो र लिस्ने खोलाको बीचमा पर्ने जुगाडाँडा, पेर्चोमा पहिरो गएपछि यातायातमात्र होइन मानिससमेत हिँड्न नसकिने गरी आवतजावत बन्द भएको रुबीभ्याली गाउँपालिकाका स्थानीय समिर गुरुङले बताउनु भयो ।
अहिले अवरुद्ध भएको स्थानमा करिब १२ वर्षअघि पनि पहिरो खसेको थियो । फेरि सोही स्थानमा खसेको पहिरोले स्थानीय बासीको खेतसमेत पुरेको छ । आवतजावत बन्द हुँदा लापा, सेर्तुङ, तिप्लिङ लगायतका स्थानका मानिससदरमुकाम आउन नसक्ने अवस्थामा पुगेका छन् ।
पहिलो पटकको पहिरोले भासिएको जमिन पुनः पहिरो जाँदा बग्न थालेपछि छापचेत गाउँ पनि जोखिममा परेको छ । पहिरोले बिजुलीको पोलहरू लडेका छन् । आँखु खोला किनारबाट सुरु भएको पहिरो सडकबाट करिब ७० मिटर माथि पुगेको छ । त्यसभन्दा केही माथि रहेको छापचेतका ४५ घर जोखिममा परेको स्थानीय एलिया तामाङले बताउनु भयो ।
पानी नपरेको बेला रुबिभ्यालीतर्फ आउजाउ गर्नेहरू जोखिममा परेका छन् । भारी बोकेर हिँड्नेहरूले भने प्लेङयर्तोङको बाटो हुँदै हिँड्नु पर्ने बाध्यता छ । खनियाबास गाउँपालिकाको धार्नामा पहिरो गएपछि मानिसको आवतजावत समेत बन्द भएको छ । नदी किनरबाट माथि गाउँसम्म पहिरो गएपछि कच्ची सडक बगेको छ ।
वर्षा लागेपछि पहिरो जाने र सडक बन्द हुने हुँदा उत्तरका बासिन्दालाई उक्त सेवा लिन कठिन भएको रुबीभ्यालीका स्वास्थ्य शाखा प्रमुख राज तामाङले बताउनु भयो । मानिससमेत हिँड्न नसकिने ठाउँ भएकोले बिरामी बोकेर लान नसकिने अवस्था रहेको छ । सक्नेले हेलिकप्टर चार्टर गरेर लान्छन् तर गरिबहरू घरमै बसेर मर्ने अवस्था आएपनि सङ्घीय, प्रदेश र स्थानीय सरकारले सडकको भरपर्दो काम बर्षौँदेखि नगर्दा जनताले दुख पाएका हुन् ।
धादिङबेसी तिप्लिङ सडक २०४३ देखि बनाउन थालिएपनि हालसम्म पिच भएको छैन । अरबौँ रुपियाँ खर्च गरिएपनि हरेक वर्ष ठेकेदार कम्पनीले काम नसकेर म्याद थप्ने र काम अपुरोहुँदै वर्षले बगाउने गरेपछि सडक पुरा नभएको हो ।
पुल हाल्नै पर्ने आँखु, दार्खाफेदी, लिस्ने लगायतका खोलामा पुल हाल्ने पहल भएको छैन । सडकमा राजनीतिक भाषण मात्र भएको र सडक कहिल्यै नबनाइएको स्थानीय बासीले बताएका छन् ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धताू भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसीय महिला हिंसा विरुद्धको अभियानको क्रममा…
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…