अविरल वर्षाको कारण तीन जनाको मृत्यु, १ हजार २ सय भन्दा बढी विस्थापित

  ०८१ असोज १४ गते

०८१ असोज १० गतेदेखि परेको अविरल वर्षाको कारण रौतहटस्थित बागमति र लालबकैया नदिको बाध फुट्दा तीन जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४५ भन्दा बढी घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका एसपी दिलिप घिमिरेले जानकारी दिनुुभएको छ ।

लाल बकैया खोलामा आएको बाढी कटान भएर गाउँ पसेपछि १८ ओटा पालिका मध्ये १३ ओटा पालिकामा भौतिक रुपमा क्षति पुगेको छ भने तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीको कारण ज्यान गुमाउनेहरूमा दुर्गा भगबति गाउँपालिका-४ का ४० वर्षीय राजकरण मुखिया, परोह नगरपालिका-७ नरकटिया टोलकी १४ वर्षीया अशा कुमारी साह र बौधिमाई नगरपालिका-२ इनरवाका १४ वर्षीया अनिल महत्तो रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाशङ्खर गुप्ताले जानकारी दिनुभयो ।

त्यसैगरी, बाढीको कारण रौतहटमा १ हजार २ सय ४५ घर परिवार विस्थापित हुन परेको अवस्था छ भने १ हजार ८ सय ५ ओटा घर धुरिका ५ हजार ५९ परिवार विस्थापित भएको प्रहरिको तथ्याङ्कमा रहेको सशस्त्र प्रहरी प्रमुख बिक्रम हुमागाँईले जानकारी दिनुभयो ।

बाढीले रौतहटका विभिन्न प्रहरी कार्यालयहरू डुबानमा परेका छन् । जसमा मौलापुर इलाका प्रहरी कार्यालय, कटहरिया इलाका प्रहरी कार्यालय, समनपुर प्रहरी चौकि गढिमाई, राजपुर इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय समेत डुबानमा परेको प्रहरिले जानकारी दिनु भएको छ ।

बागमती नदी र लालबकैया नदीको बाँधहरू फुट्दा बृन्दावन, इशानाथ, गौर, माधवनारायण, बौधिमाई, परोह, मौलापुर, राजदेवि, राजपुर, देवाहिगोनाही, कटहरिया नगरपालिका र यमुनामाई र दुर्गाभगवति गाउँपालिका गरी १३ ओटा पालिकाका मानिसहरू विस्थापित भएको छ ।

नेपाल प्रहरिका एसपी दिलिप घिमिरेको कमन्डामा १ सय ४ जना, नेपाली सेनाका मेजर झनक थापको कमान्डमा १ सय ५० जना र सशस्त्र प्रहरीका एसपी बिक्रम हुमगाँईको कमान्डमा २ सय ४५ जना राहत तथा उद्धारका लागि खटाइएको सिडियो हिरालाल रेग्मिले बताउनु भयो । वर्षा रोकिएसँगै नदिहरूमा पानीको सतह घट्दै गएकोले अबको अवस्था सामान्य हुँदै जाने बताउनु भयो । साथै विस्थापित परिवारहरूको सत्यतथ्य डाटा सङकलन गरी पठाइदिनुहुन सम्बन्धित पालिकाका प्रमुखहरूलाई सूचना गरेको पनि उहाँले बताउनुभयो ।


गौरी न्यौपाने