अविरल वर्षाको कारण एक जनाको मृत्यु, नौ सय भन्दा बढी विस्थापित
२०८१ असोज १० गतेदेखि परेको अविरल वर्षाको कारण सर्लाहीस्थित बागमती र मलंगवा नगरपालिकाका झिम नदिको बाध फुट्दा एक जनाको मृत्यु भएको छ भने ९ सय ३५ भन्दा बढी घर परिवार विस्थापित भएका छन् ।
बागमती नदीमा आएको बाढी कटान भएर गाउँ पसेपछि २० ओटा स्थानीय तह मध्ये नौ ओटा स्थानीय तहमा भौतिक क्षति पुगेको र एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो । मृत्यु हुनेमा बलरा नगरपालिका-३ लक्ष्मीपुरका १३ वर्षीय अंकित कुमार ठाकुर रहेको डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।
त्यसैगरी, बाढीको कारण सर्लाहीमा १ हजार ९ सय ९५ घर परिवार विस्थापित भएको अवस्था छ भने ४ सय १५ ओटा घर धुरिका ९ हजार ३५ परिवार विस्थापित भएको प्रहरिको तथ्याङ्कमा रहेको सशस्त्र बल प्रहरीका एसपी विनोद खनालले जानकारी दिनु भयो ।
बाढीका कारण सर्लाहीको विभिन्न प्रहरी कार्यालयहरू डुबानमा परेका छन् । जसमा गडहिया डुमरहीया इलाका प्रहरी कार्यालय, हरिवन इलाका प्रहरी कार्यालय, सुन्दरपुर प्रहरी चौकी, ब्रहमपुरी प्रहरी चौकी, सङ्ग्रामपुर प्रहरी चौकी र बरहथवा इलाका प्रहरी कार्यालय समेत डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।
बागमती नदीको बाँध फुट्दा सर्लाहीको बलरा नगरपालिका, बसबरीया गाउँपालिका, रानगर गाउँपालिका, गोडैता नगरपालिका, बामती नगरपालिका, हरिवन नगरपालिका, र झिम नदिको बाँध फुट्दा मलंगवा नगरपालिका, ब्रहमपुरी गाउँपालिका गरी आठ ओटा पालिकाका मानिसहरू विस्थापित भएका छन् ।
त्यसैगरि, बसबरीया गाँपालिका भित्र डुवानमा परेको घरधुरी संख्या संक्लग गरी छिटो भन्दा छिटो राहतको व्यवस्था गर्ने गाउँपालिकाका प्रमुख रामसिंहासन राय यादवले बताउनु भयो ।
नेपाल प्रहरिका एसपी रविन्द्र बहादुर सिंहको कमन्डमा ९५ जना प्रहरी, र सशस्त्र प्रहरीका एसपी विनोद खनालको कमान्डमा १ सय ५३ जना सशस्त्र प्रहरी उद्धारका लागि खटाइएको थियो र विस्थापित घरधुरी परिवारहरूको सत्य तथ्य तथ्यङ्क सङ्कलन गरी पठाई दिनुहुनका लागि सम्बन्धित स्थानीय तहका प्रमुखहरूलाई सूचना गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सिडिओ गोपाल कुमार अधिकारीले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…