अविरल वर्षाका कारण जिल्ला कारागार गौरका कैदि बन्दिहरू छतमा बस्नु परेको अवस्था
०८१ असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण बागमती र लालबकैया नदीको पानी गौर नगरपालिका-३ स्थित जिल्ला कारागारभित्र पसेको छ । कारागारका कैदी बन्दिहरू छतमा बस्नु परेको अवस्था रहेको छ ।
अविरल वर्षाका कारण जिल्ला कारागार गौरका कैदी बन्दिहरू छतमा बस्नु परेको अवस्था रहेको कारागारमा कार्यारत कर्मचारी बुद्धि पुरीले बताउनु भयो । ३ सय ३१ जना कैदी बन्दि रहेको कारागारमा महिला कैदी बन्दि १२ जना र पुरुष कैदी बन्दि ३ सय १९ जना रहेको छ । करागार डुबानमा परेपछि १२ जना महिला कैदी बन्दिहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा सारिएको र बाँकी ३ सय १९ जना पुरुष कैदी बन्दिहरूलाई कारागारको छतमा सुरक्षा घेराभित्र राखिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख हिरालाल रेग्मिले जानकारी दिनुभयो ।
वर्षाका कारण कारागारभित्र तीन फिटसम्म पानी जमेको र बस्न सक्ने अवस्था नभएपछि कैदी बन्दीहरूलाई प्रहरी सुरक्षा घेरामा कारागारको छतमा खाना समेतको व्यवस्थापन गरी राखिएको कारागार प्रमुख मनिस झाले बताउनु भयो । हाललाई कारागारमा खानेपानीको प्रमुख समस्या रहेपनि चाँडै यो समस्या समाधान गर्ने उहाँले जानकारि गराउनु भयो ।
त्यसैगरी, गौरस्थित भन्सार कार्यलय, नेपाल विद्युत प्राधिकरण गौर शाखा, जिल्ला अदालत, प्रादेशिक अस्पताल गौर, जिल्ला प्रहरी कार्यालय, जिल्ला बार एसोसिएसनलगायतका कार्यालयहरू डुबानमा परेको सिडियो हिरालाल रेग्मिले बताउनु भयो ।
गौरी न्यौपाने
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…