अवरुद्ध सडक सुचारु नहुँदा बालबालिकाहरु पौष्टिक आहार पाउनबाट वञ्चित
दुहुँ र व्याँस गाउँपालिका जोड्ने दार्चुला–तिंकर सडक बन्द भएको तीन महिना वितिसक्दा समेत सुचारु नगरिएपछि यस क्षेत्रका बालबालिकाहरु बिगत तीन महिनादेखि पौष्टिक आहार पाउनबाट वञ्चित हुदै आएकाछन् ।
गत असार महिनादेखिको अवरुद्ध भएको सडक सञ्चालनमा नआएपछि पौष्टिक आहार ढुवानी हुन नसक्दा दुहु र व्याँस गाउँपालिकाका २ हजार ७ सय जना बालबालिका पौष्टिक आहार (खाजा) खानबाट वञ्चित भएका हुन् ।
पहिरो र बाढीका कारण सडक बन्द भएपछि असार महिनायता विद्यालयका बालबालिकालाई दिइने पौष्टिक आहार समेत ढुवानी हुन सकेको छैन् ।
अवरुद्ध सडक सुचारु नभएपछि व्यास र दुहु गाउँपालिकाका ४३ विद्यालयका २ हजार ७ सय बालबालिकाले विद्यालयमा दिइने दिउँसोको दिवा खाजा खान नपाएको पौष्टिक आहार परियोजना इकाइ कार्यालय, दार्चुलाका पोषण सम्पर्क व्यक्ति एकेन्द्रबहादुर बमले बताउनु भयो ।
पौष्टिक आहार खाजा कार्यक्रम व्यास गाउँपालिकाका २४ र दुहु गाउँपालिकाका १९ विद्यालयमा सञ्चालन गरिएको छ । बमका अनुसार सडक अवरुद्ध हुनु अघिसम्म दुई पालिकाका ४३ विद्यालयमा २ हजार ७ सय बालबालिकालाई नियमित खाजा उपलब्ध गराइएको थियो ।
सडक सुचारु भएलगत्तै सदरमुकाममा रहेको पौष्टिक आहारको खाद्यवस्तु ढुवानी गरिने पोषण सम्पर्क व्यक्ति बमको भनाइ छ ।
विश्व खाद्य कार्यक्रमले अनुदानको रूपमा देशभरका अधिकांश विद्यालयमा खाजा कार्यक्रम लागुु गरेको छ ।
विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो कार्यक्रम प्रभावकारी भएपनि गत असारदेखि बालबालिकालाई खाजा खुवाउन नसकिएको व्यास गाउँपालिका–६ वसन्तपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक दौलतसिह खातीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘नर्सरीदेखि पाँच कक्षासम्मका बालबालिकाले जेठसम्म दिउँसोको समयमा खाजा पाएका थिए । तर, अहिले विद्यार्थी वञ्चित भएका छन् । बालबालिकाको पढाइमा सुधारका लागि पौष्टिक आहार कार्यक्रम प्रभावकारी थियो ।’
सडक सुचारु नहुँदा व्यास र तिंकर क्षेत्रका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलाहरुले समेत सास्ती खेप्नु परेको छ । उहाँहरुले स्वास्थ्य चेकजाँच लगायतका समस्याहरु झेल्नु परेको छ ।
अहिले पनि हिकिलाभन्दा माथि सडक खुलाउने प्रयास नभएका कारण बालबालिकालाई समयमै पोष्टिक आहार उपलब्ध गराउन सकिने अवस्था नरहेको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिह धामीले बताउनु भयो ।
उहाँले तिहार अगाडी नै सडक सुचारुर गर्नका लागि महाकाली करिडोर दार्चुला तिंकर सडक विभागलाई समेत आग्रह गरिएको बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…