अर्घाखाँची कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र इन्सेक जिल्ला प्रतिनिधिसहितको अधिकारकर्मीहरूको टोलीले कात्तिक २५ गते कारागार अनुगमन गरेको छ ।
कारागार अनुगमनको क्रममा कारागारभित्र क्षमता भन्दा धेरै कैदीबन्दीहरू राखेका कारण सरसफाई पर्याप्त हुन नसकेको, मानसिक असन्तुलन भएका कैदीबन्दी र सामान्य अवस्थाका कैदीबन्दी एकै ठाउँमा राख्दा समस्या भएको कारागारका निमित्त प्रमुख शिव सुवेदीले जानकारी दिए । २५ जनाको क्षमता रहेको कारागारमा हाल ३४ जना कैदीबन्दी रहेको सुवेदीले जानकारी दिए ।
अनुगमन टोलीले अनुगमनका क्रममा देखिएको अवस्थाको बारेमा उनलाई सुझाव दिएको थियो । मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत चन्द्रकान्त चापागाईको नेतृत्वमा आएको अनुगमन टोलीले कारागारका कैदीबन्दीको अवस्था, कारागारको भौतिक संरचना, कारागारभित्रको सेवा सुविधालगायतका विषयमा पनि अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानवअधिकार अधिकृत चन्द्रकान्त चापागाई, कल्पना नेपाल, अनिष पौडेल र इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाल सहभागी थिए ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…