अरूण तेस्रो प्रवेशमार्ग, मुआब्जाको रकम नपाएको गुनासो
नौ सय मेगावटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गका पीडितले मुआब्जाको रकम नपाएको गुनासो गरेका छन् ।
अरूण तेस्रो प्रवेशमार्गका पीडितहरूले पाउनुपर्ने ५३ करोड रुपियाँ वर्ष बित्दा समेत धरौटी खातामा रकम जम्मा हुन नसकेको पीडितहरूले गुनासो गरेको छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को ०८० कात्तिक १६ गतेको बैठकले अरूण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा बापतको ५३ करोड रुपियाँ विकासकर्ता कम्पनी सतलज जलविद्युत निगम एसएपीडीसी) मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको थियो । मुआब्जा बापतको रकम जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गरिएको छैन । खाँदबारी नगरपालिका-४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका-२, दिदिङ सडक खण्डको २४ दशमलव ५ किलोमिटर छुट मुआब्जाको माग गर्दै पीडितले आन्दोलन गरेपनि सरकारले जिल्ला प्रशासन कार्यालयको खातामा रकम जम्मा नगर्दा पीडितहरूले रकम पाएका छैनन् ।
लगानी बार्डले ०८० कात्तिक २१ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विकासकर्ता अरूण तेस्रो निर्माणको जिम्मा पाएको एसएपीडीसी मार्फत धरौटी खातामा राख्न निर्देशन दिएको थियो । तर उक्त रकम वापतको ५३ करोड रुपियाँको बैङ्क ग्यारेन्टेड चेक जिल्ला प्रशासन कार्यालयले एक वर्षसम्म धरौटी खातामा जिम्मा नगरेको अरूण तेस्रो प्रवेशमार्ग केन्द्रीय सङ्घर्ष समिति संयोजक जनीकुमार राईले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले बैङ्क ग्यारेन्टेड चेक एक वर्षसम्म धरौटी खातामा जम्मा नगरी रकम जम्मा भएको भनेर झुक्काएको सङघर्ष समिति संयोजक राईले बताउनु भयो । अरूण तेस्रो प्रवेशमार्ग पीडितले रकम पनि नपाएको र सर्वोच्च अदालतको आदेशका कारण आन्दोलन गर्न समेत नपाएको संयोजक राईको भनाइ छ । ५३ करोड रुपियाँ रकमपछि नेपाल सरकारबाट सोधभर्ना हुने गरी एसएपीडीसीले सरकारलाई दिन सहमत भएको थियो । सरकारले गरेको कार्यान्वयन नहुँदा अरूण तेस्रो प्रवेशमार्ग पीडितहरू भने राज्यबाटै पीडित हुनु परेको छ ।
छयाङकुटी-दिदिङ सडक खण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले ०८० वैशाख २६ गते प्रतिरोपनी ११ लाख ७५ हजार रुपियाँ दिने निर्णय गरेको थियो ।
आयोजनाको करिव ७५ प्रतिशत काम सकिएको छ । ०८१ जेठ २२ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य सुरुङको ब्रेक थु्र समेत गरिसक्नु भएको छ । तर प्रवेश मार्गका पीडितहरूले अहिलेसम्म मुआब्जा बापतको रकम पाउन सकेका छैनन् ।
अरूण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनी (एसजेबिएन) ले गरिरहेको छ । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङको लम्बाइ ११ दशमलव ८४ किलोमिटर सम्पन्न भइसकेको छ । पीडीएअनुसार यस परियोजनाबाट एक अर्ब ६० करोड रुपियाँ स्थानीयलाई सेयर दिइनेछ ।
मन्त्रिपरिषदको ०८० कात्तिक १६ गते बसेको बैठकले एक महिनाभित्र अर्थात ०८० मङ्सिर १८ देखि मुआब्जा रकम वितरण सुरु गर्ने निर्णय गरेको एक वर्ष बित्न लाग्दासमेत छुट मुआब्जा बापतको रकम वितरण सुरु हुन सकेको छैन ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…