अरुण तेस्रोलाई लक्षित गरी बम विष्फोट

सङ्खुवासभाको खाँदवारी नगरपालिका-९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले जेठ ३० गते बिहान पौने १ बजेतिर सकेट बम विष्फोट गराएको छ ।

अज्ञात समूहले सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी श्यामकुमार सारुमगरले बताए ।

उनले विष्फोट गराइएको ठाउँमा तीन ओटा खाडल भेटिएकाले तीन ओटा बम विष्फोट गराइएको हुन सक्ने बताए ।

आयोजनाको परिसरमा विष्फोट गराइएकाले भौतिक क्षति हुनबाट भने जोगिएको छ । यसअघि वैशाख १६ गते कम्पाउण्ड वालमै क्षति पुग्ने गरी बम विष्फोट गराइएको थियो ।

अहिलेसम्म दुईओटै घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


बाबुराम बास्तोला