अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीबीच झडप हुँदा दुई जना घाइते
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा ०८० वैशाख १७ गते नेकपा एमाले समर्थित अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीका नेताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।
झडपमा परी एमाले निकट अनेरास्ववियुका कार्यकर्ता कैलालीका २६ वर्षीय रमेश फुलारा र बर्दियाका २९ वर्षीय खेम सिंह घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।
एसपी रिजालका अनुसार वैशाख १६ गते अखिल क्रान्तिकारीका विद्यार्थीले अनेरास्ववियुका कार्यकर्ता रमेश फुलारामाथि आक्रमण गरेका थिए । आफ्ना कार्यकर्तामाथि क्रान्तिकारी निकट कार्यकर्ताले कुटपिट गरेपछि त्यसको बदला लिन वैशाख १७ गते अनेरास्ववियुका नेता कार्यकर्ताले अखिल क्रान्तिकारीका अस्कल अध्यक्ष खेम सिंहमाथि कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते भएकाहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिएको राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनकराज पोखरेलले बताउनु भयो ।
कुटपिटबाट घाइते भएका फुलाराको टाउकोमा आठ ओटा टाँका लगाइएको र अस्पतालको इमर्जेन्सी विभागमा उपचार भइरहेको डाक्टर पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै घाइते रहेका सिंहको हातमा चोट लागेको र उपचारपश्चात अस्पतालबाट डिस्चार्ज भएको डाक्टर पोखरेलले भन्नुभयो ।
प्रहरीले झडपमा संलग्न भएको आरोपमा एमालेनिकट अनेरास्ववियुका कार्यकर्ता बझाङका २८ वर्षीय कमल जोशी, कालिकोटका २६ वर्षीय गोपाल जङ्ग शाही, बाँकेका २२ वर्षीय सौजन शाही, झापाका २७ वर्षीय दिपक सिटौला र मोरङका २७ वर्षीय बिबेक कोइरालालाई गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा परेकाहरूलाई प्रहरी वृत्त लैनचौरमा राखिएको एसपी रिजालले जानकारी दिनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…