अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ चैत १० गते

धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको छ ।

क्याम्पसमा विद्यार्थी परिषदको कार्यसमिति चयन गरेको विरोधमा नेविसंघका जिल्लास्तरीय कार्यकर्ताहरुले नारावाजी गर्दै क्याम्पस भित्र प्रवेश गरी कक्षामा पढाइरहेको  अवस्थाबाट बाहिर निकाली शरीरमा मोबिल खन्याएर अमानविय व्यवहार गरिएको पीडित एसपीए कलेजका प्रमुख योगराज गौतमले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

आफूमाथि अपशब्द प्रयोग गरेर गालिगलौच र कुटपिट गर्दै आँखा, कानमा पर्ने गरी मोबिल खन्याई अमानवीय व्यवहार गरेको पीडित एसपीएका प्रमुख गौतमले बताउनु भयो ।

मोसो दलेको आरोपमा केही विदार्थीलाई गिरफ्तार गरी घटनामा संलग्नहरुको पहिचान र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।


मैनामोती चौधरी