अमानवीय व्यवहार गरेको घटनाका आरोपितलाई कारबाहीको माग

  ०७३ कात्तिक १ गते

शारीरिक अपाङ्गता भएकी त्रिपुराकोट गाविस-४ की २९ वर्षीया दुर्गादेवी रोकायलाई अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय रञ्जित बुढा र २९ वर्षीय बलीराम बुढाविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।

पीडित महिलालाई असोज २८ गते गाउँलेहरू भेला भएको सार्वजनिक स्थानमा कुटपिट गर्नुका साथै 'लङ्गडी' भन्दै अमानवीय व्यवहार गरेकोले न्यायका लागि प्रहरीमा निवेदन दिएको बताइन् ।

पीडितले असोज २९ गते प्रहरी चौकी त्रिपुराकोटमा कानुनी कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज रोमहर्ष सिजवालले घटनामा संलग्न आरोपितहरूको खोजी भइरहेको जानकारी दिए । 'त्यसपछि अनुसन्धान गरेर आवश्यक कारबाही गर्छौँ ।'-सिजवालले भने ।


बिष्णुप्रसाद देवकोटा