अमानवीय तरिकाले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप
सम्सी गापा–२, पर्सा देवाडका ४० वर्षीय मोहम्मद खुर्सेद अन्सारीलाई त्यही गाउँका ३५ वर्षीय शेख अब्दुल कलामले अमानवीय तरिकाले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ । अन्सारीलाई पुस ७ गते आरोपित कलामले हात बाँधेर अमानवीय तरिकाले कुटपिट गरी नालामा फ्याकेपछि तत्काल उपचारका लागि जनकपुरको जानकी हेल्थ केयरमा लगिएकोमा उपचारको क्रममा पुस १० गते मृत्यु भएको हो ।
पुस ७ गते बिहान ४ बजे घरबाट हिँडेका अन्सारी अपराह्न ३ बजे गाउँकै नालामा अचेत अवस्थामा भेटिएपछि उपचारका लागी परिवारले तत्काल रामगोपालपुर नपा–९ स्थित जानकी एकेडेमिक अस्पतालमा लगेको थियो तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुर स्थित जानकी हेल्थ केयरमा लगिएको थियो । अन्सारीको पुस १० गते बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अमानवीय व्यवहार, कुटपिट र ज्यान मार्ने उद्योगमा मृतकका भाइ मोहम्मद जमसद अन्सारीले पुस ७ गते उजुरी दिएको आधारमा आरोपित कलामलाई सोही दिन गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर रञ्जन मिश्रले बताउनु भयो । उपचारको क्रममा अन्सारीको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरिएको इन्स्पेक्टर मिश्रले जानकारी दिनु भयो । सोही घटनामा संलग्न रहेको भनिएका ४२ वर्षीय साबिर शेख र २१ वर्षीय जिनमा शेख फरार रहेकोले खोजि कार्य जारी रहेको उहाँले बताउनु भयो ।
आरोपित कलामले अन्सारीलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा आरोपित सलामले अमानवीय तरिकाले कुटपिट गर्दै गरेको दृष्य खिच्न लगाएको प्रहरी समक्ष स्वीकार गरेको छ । भिडियोमा अन्सारीलाई निर्वस्त्र पारेर निर्ममतापूर्वक कुटपिट गर्दै उनको मलद्वारमा आगो लगाउने प्रयास गरिरहेको देखिन्छ । अन्सारीको दुबै हात बाँधेर कुटपिट गर्नुका साथै मलद्वारमा उखुको लौरो घुसाएको दृष्य देखिन्छ ।
आरोपित कलामले बजारमा काटेको खसीको हिसाब नदिएको र खसी किन्न नगएको रिसमा अन्सारीलाई चरम यातना दिएको भिडियो मै बताइ रहेका छन् । अन्सारीले आफूले कुनै चोरी नगरेको र खसीको हिसाब समेत दिने भनि रहँदा समेत उनी माथि निर्ममतापूर्वक कुटपिट गरिएको भिडियोमा देखिन्छ ।
यसैबिच घटना सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख मन्जु खतिवडा, इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह, पत्रकार रञ्जन भण्डारी, धर्वेन्द्रकुमार यादव सहितका अगुगमन टोलीले पुस ११ गते पीडित परिवारको घरमा पुगी मृतककी पत्नी ३९ वर्षीया रसिदा खातुनसँग घटना बारे जानकारी लिएका छन् ।
अन्सारीलाइ बिहान ३ बजे जिन्मा र साब्बीरले घरबाट बोलाएर लगेकोमा अब्दुस कलामले यातना दिइ हत्या गरेको पीडित परिवारको आरोप छ ।
खातुनले भन्नु भयो –“अन्सारीले पहिले आफैँ खसी काट्ने गरेको तर पुँजीको अभाव भएपछि शेष अब्दुल कलामले आफ्नो किराना पसल र खसी काट्ने काम हेर्ने गरी १५ हजार रुपियाँ मासिक तलबमा काममा राखेको थियो ।” पाँच दिन अगाडि मात्र काम सुरु गरेको पतिको हत्या कलामले गरेको मृतकको पत्नी खातुनले बताउनु भयो ।
मृतक अन्सारीका भाइ मोहम्मद जमसद अन्सारीले आफ्नो दाजुलाई चरम यातना दिएर हत्या गर्नेलाई कारबाहीको माग गर्दै सोको पहलका लागि मानव अधिकारकर्मीको टोलीसँग आग्रह गर्नु भयो । उहाँले भन्नु भयो–“मेरो दाजुलाई चरम यातना दिएर मारेको छ । दाजुको मलद्वारमा खुर्सानी, काठको धुलो र टमाटर समेत कोचेको भेटियो । मेरो दाइको जिउमा करेन्ट समेत लगाइयो, आगोले जलाइयो र छुराले अनुहारमा समेत काटेर खुर्सानी दलेको भेटियो । यो भन्दा क्रुरता अरु के हुन सक्छ ।”
इलाका प्रहरी कार्यालय गौशलाका इन्स्पेक्टर मिश्रले सार्वजनिक भएको भिडियोले स्पष्ट रुपमा घटनामा संलग्नहरु देखिएको र यातना दिइरहेको सबै छर्लङ्ग नै भएकोले अमानवीय व्यवहार, कुटपिट र हत्याको मुद्दा चलाइने मानव अधिकारकर्मीसँगको भेटमा बताउनु भयो ।
इलाका प्रहरी कार्यालय गौशलाको हिरासतमा रहेका आरोपित शेख अब्दुल कलामले आफू नशा सेवन गरेर होसमा नरहेको हुँदा यस्तो घटना गरेको स्वीकार गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख मंजु खतिवडाले यस घटनालाई मानव अधिकार उल्लङ्घन तथा क्रुरताको पराकाष्ठाको संज्ञा दिंदै आरोपितलाई हदै सम्मको कारबाहीको माग गर्नु भयो ।
इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले घटनालाई गम्भिरता पूर्वक हेर्नु पर्ने र घटनामा संलग्न व्यक्तिलाई कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाँले घटनामा संलग्न भनिएका फरार आरोपितहरुलाई अबिलम्ब खोजतलास गरी कानुनको दायरामा ल्याउन माग गर्नु भयो ।
पासवानले मृतकको आर्थिक अवस्था दयनीय रहेको, दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गरिरहेको र ६ जना नाबालक छोरा छोरीहरु रहेको हुँदा तत्काल क्षतिपूर्ति उपलब्ध गराउनको लागि माग गर्नु भयो । उहाँले स्थानीय सरकार सम्सी गाउँपालिकाबाट क्रियाखर्च उपलब्ध गराउनको माग गर्दै प्रहरी रिपोर्टमा समेत क्षतिपूर्तिको लागि बुँदाहरु उल्लेख गरिदिनु हुन इन्स्पेक्टर मिश्रसँग अनुरोध गर्नु भयो ।
आरोपित अब्दुल कलाम यसअघि पनि लागुपदार्थ ओसारपोसार मुद्दामा दुई पटक जेल सजाय भोगिसकेको इन्स्पेक्टर मिश्रले जानकारी दिनु भयो ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
द्वन्द्ध पीडितलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधन गर्न एलाइन्सको माग
मानवअधिकार एलाइन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालले पीडितहरूलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधनको माग गरेको छ । एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले चैत ६ गते विज्ञप्ती जारी गरी नेपाल…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…