अभियन्ताको सुरक्षामा संवेदनशील रहेको प्रतिवद्धता
दैलेखको पिलाडीमा दसैँको बेला रोकिएका ५ ओटा बालविवाहको सूचना दिएको आरोपमा असुरक्षित भनिएका सामाजिक अभियन्ताहरूको सुरक्षामा आफूहरू संवेदनशील रहेको प्रहरी र स्थानीय राजनीतिक दलका नेताहरूले प्रतिवद्धता जनाएका छन् ।
बालविवाह रोकथाम अभियानमा लागेकी पिलाडी गाविस-२ की ललिता बीसीलाई विवाह रोकिएका परिवारबाट ज्यान लिनेसम्मको धम्की आएको सन्दर्भमा इन्सेक दैलेखको पहलमा कात्तिक ७ गते पिलाडीमा आयोजित सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
अन्तरक्रियामा सामाजिक अभियान्ता ललिताले भनिन्-'बालविवाह रोक्नु सबैको दायित्व हो भनेर घर घरमा पुगेर रोक्न लगाएँ ।' खुला अन्तरक्रियामै उनको असन्तुष्टीपछि अन्तरक्रियामा सहभागी नेपाली काङ्ग्रेसका इन्द्रबहादुर आरसी, नेकपा एमालेका दलसिंह बुढा, नेपाल राष्ट्रिय माविका प्रधानाध्यपक कृष्णकुमार र प्रहरी चौकी धरमपोखराका अर्सइ भीमबहादुर बस्नेतले बालविवाह रोक्ने सामुदायिक काम गर्ने अभियानकर्ताको सुरक्षामा गम्भीर चासो प्रकट गरेका हुन् ।
पिलाडी गाविसको बगौरामा सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण इन्सेक दैलेख जिल्ला प्रतिनिधिले गरेका थिए ।
प्रहरी चौकी धरमपोखराका अर्सइ भीमबहादुर बस्नेत, महिला विकास अधिकृत विश्वमणी जोशी, पिलाडी गाविस सचिव कर्णबहादुर थापा, दलित महिला सङ्घका जिल्ला अध्यक्ष पार्वती विशुन्के, सामाजिक सेवा केन्द्रका कार्यक्रम संयोजक रत्न बुढा, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायत स्थानीय शिक्षक तथा सामाजिक कार्यकर्ताहरूको उपस्थितिमा अभियान्ताको सुरक्षा सवालमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
अमर सुनार
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…