अभिभावक विहीन बालकको सङ्क्षणमा सहयोग गरीदिन वडा कार्यालयद्वारा इन्सेकलाई आग्रह
धुर्कोट गाउँपालिका–१ नयाँ गाउँका अभिभावक विहीन बालकको सङ्क्षणमा सङ्क्षणमा सहयोग गरीदिन वडा कार्यालयले इन्सेकलाई आग्रह गरेको छ ।
धुर्कोट गाउँपालिका–१ का वडा अध्यक्ष चेतमान कुवंरले कृष्णबहादुर नेपालीका छोराछोरीहरूको बिचल्ली भएकाले संरक्षणमा पहलका लागि पत्र सङ्ख्या ०८० ०८१ को च.न. ९९ पत्र अनुसार लिखितरुपमा माग गर्नु भएको छ ।
कृष्ण नेपाली तीन वर्षदेखि बेपत्ता छन् । पत्नी लक्ष्मी नेपालीको बिरामीका कारण ०८० भदौ ५ गते मृत्यु भएको थियो । अहिले नौ वर्षीय सागर नेपाली र ११ वर्षीय हिमाल नेपालीले आमाको काजकिरिया गरिरहेको वडाध्यक्ष कुवंरले जानकारी दिनुभयो ।
घरको आर्थिक अवस्था कमजोर भएको र दाजु सागर पनि घरमै नबसेर बरालिने भएकाले दुई जना बालकको भविष्य सङ्कटमा परेको भन्दै सङ्रक्षणमा पहल गरिदिन वडाध्यक्ष कुवंरले इन्सेक प्रतिनिधिलाई आग्रह गर्नुभयो ।
इन्सेकको तर्फबाट बालकको सङ्क्षणको लागि एसोएस बालग्राम, भैरहवासँग समन्वय भइरहेको इन्सेक प्रतिनिधि टोपलाल अर्यालले जानकारी दिनुभयो ।
इन्सेक गुल्मीले ले बिगतमा पनि अभिभावक विहीन विभिन्न स्थानका बालिबालिकाहरूलाई उद्धार गरेर एसोएसमा पठाउँदै आएको छ ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…