अभिभावक विहीन दुईजना बालबालिका बालगृहमा पुनर्स्थापित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले पर्वत जिल्ला फलेवास नगरपालिका–९ का ६ वर्षीय बालक र सात वर्षीया बालिकालाई अमोर सेवा नेपाल फेदीखोला स्याङ्जामा संरक्षणका लागि माघ ५ गते पुनर्स्थापित गरेको छ ।

बालबालिकाका अभिभावक विहीन भएकाले पालनपोषण र पठनपाठनको सहयोगका लागि फलेवास नगरपालिका–९ को वडा कार्यालयको सिफारिस सहित इन्सेकमा निवदेन आएको थियो ।

सोही निवेदनका आधारमा इन्सेक गण्डकी प्रदेश कार्यालयले बालबालिकाको संरक्षण तथा पठनपाठन गरिदिने व्यवस्थाका लागि अमोर सेवा नेपाल फेदीखोला स्याङ्जासँग समन्वय गरेको  प्रदेशका संयोजक शिव प्रसाद खकुरेलले बताउनु भयो ।

उहाँले गण्डकी प्रदेशसभा सदस्य भक्तबहादुर कुँवरको रोहबरमा अमोर सेवा नेपालकी सञ्चालक कमला पराजुलीलाई बालबालिकाको जिम्मा लगाएको बताउनु भयो ।

अमोर सेवा नेपालकी सञ्चालक कमला पराजुलीले बालबालिकाको कक्षा १२ सम्मको सम्पूर्ण पठनपठन तथा संरक्षणको जिम्मा लिने बताउनुभयो ।

balbalika hastantaran Magh 9 Photo (1)


इन्सेक, गण्डकी प्रदेश कार्यालय पोखरा ।