अभिभावकसँगै इँटाभट्टामा जान्छन् विद्यालय पढ्ने उमेरका बालबालिका
मन्थली नगरपालिका-७ को नवदुर्गा आधारभूत विद्यालयमा मङ्सिर पछि विद्यार्थीहरू पातलिएका छन् । दशैँ, तिहार अघिसम्म ४३ जना विद्यार्थी अध्ययन गर्ने सो विद्यालयमा अहिले विद्यार्थी सङ्ख्या घटेर ३२ जना पुगेको छ ।
विपन्न, दलित तथा माझी समुदायका विद्यार्थी अध्ययन गर्ने सो विद्यालय पढ्ने ११ जना बालबालिका अहिले भक्तपुर, काठमाडौँदेखि धादिङसम्मका इँटाभट्टामा काम गर्न पुगेका छन् । ५ कक्षासम्म अध्यापन हुने सो विद्यालयमा अझै विद्यार्थी घट्ने हुन् कि भन्ने डर विद्यालयका प्रधानाध्यापक राजु मुग्रातीलाई छ ।
‘शैक्षिक सत्रको सुरुमा नै अभिभावकलाई विद्यार्थीलाई बिचमा पढाई छुटाउने छैनौँ भनेर कागज गराइयो, तर इँटाभट्टाको काम खुलेपछि ११ जना विद्यार्थी हिँडिसके, एकैचोटी अन्तिम परीक्षा दिन आउने भनेका छन्, केही गर्दा पनि रोक्न सकिएन’, प्रधानाध्यापक राजुले भन्नुभयो ।
सो विद्यालयबाट इँटाभट्टामा काम गर्न गएका मध्ये सात जना काठमाडौँ र भक्तपुरका इँटाभट्टामा रहेका र चार जना भने धादिङ पुगेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र मुग्रातीले जानकारी दिनुभयो । ‘विद्यार्थी फर्काउन म आफैँ गएँ, तर त्यहाँ काम नगरे वर्ष भरी खानेकुराको जोहो नै गर्न सकिँदैन भनेर अभिभावकहरूले भन्नुभयो, त्यो समस्या त हामीले समाधान गर्न सक्दैनौँ, त्यसैले परीक्षा दिन भने विद्यार्थी पठाउने सर्त गराएर फर्किएँ’, छत्रले भन्नुभयो ।
सोही वडाको दुर्गादेवी आधारभूत विद्यालयको अवस्था पनि त्यस्तै छ । इँटाभट्टामा काम खुलेपछि विद्यालयमा आधा विद्यार्थी घट्ने विद्यालयकी शिक्षिका यशोदा ढुङ्गेल बताउनुहुन्छ । ‘शैक्षिक सत्र सुरु भएदेखि दशैँ अघिसम्म सबै विद्यार्थी हुन्छन्, दशैँ पछि धेरै विद्यार्थी आमा-बुबासँगै इँटाभट्टा जान्छन्’, ढुङ्गेलले भन्नुभयो ।
यो समस्या यी दुई विद्यालयको मात्र होइन, रामेछापको सुनकोसी किनारका अधिकांश विपन्न समुदायका मानिसहरू हिउँदमा रोजगारीको लागि इँटाभट्टामा काम गर्न जाने गर्दछन् । जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी, तथा सुनपाति गाउँपालिका धेरै मानिसहरू रोजगारीको लागि इँटाभट्टा जाने गर्दछन् ।
इँटाभट्टामा काम गर्न जानेले साना बच्चा हेर्न तथा हाते काम सघाउँछन् भनि विद्यालय पढ्ने बालबालिका समेत लिएर जाने गर्दछन् । कतिपय परिवारका काम गर्न सक्ने सबै सदस्य इँटाभट्टामा काम गर्न जाँदा गाउँमा बच्चालाई छाड्ने मान्छे नै नभएपछि साना बच्चा पनि साथमा नै लिएर जाने गरेका मन्थली नगरपालिका-७ का स्थानीय बलबहादुर माझी बताउनुहुन्छ । यसरी आर्थिक अभावका कारण परिवारका सदस्य रोजगारीमा जाँदा विद्यार्थी पनि सँगै लिएर जानाले बालबालिकाहरूको पढाइ छुट्ने गरेको छ । उनीहरू शिक्षाको अधिकारबाट समेत वञ्चित भएका छन् ।
नवराज घिमिरे
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…