अभिभावकको गुनासो : दिवा खाजा कार्यक्रम प्रभावकारी नहुँदा बालबालिकाहरु ‘जङ्क फुड’ खाना बाध्य
सरकारकारले उपलब्ध गराउने दिवा खाजा कार्यक्रमको प्रभावकारी नहुँदा बालबालिकाहरु ‘जङ्क फुड’ खानाबाध्य भएको अभिभावकले गुनासो गरेका छन् ।
जिल्लाकाे खार्पुनाथ गाउँपालिका–१ मलिका माध्यमिक विद्यालय बालविकास देखि कक्षा पाँच सम्माका ४५ जनाबालबालिकालाई र सोही गाउँपालिका–३ स्थित हुम्ला माध्यमिक विद्यालयका बालविकास देखि कक्षा पाँच सम्माका ४० जना बालबालिकालाई दिवा खाजामा चाउचाउ र बिस्कुट दिने गरेको विद्यार्थीका अभिभावक पदमबहादुर शाहीले आरोप लगाउनु भएको छ ।
बजारको प्याकिङ गरेको दिवा खाजा नदिन आग्रहगर्दा पनि विद्यालयले उक्त दिवा खाजा दिने गरेपछि विद्यार्थीलाई विभिन्न समस्याभएको छ । हाल सबैले दिवा खाजा चाउचाउ र बिस्कुटखादै आएकाछन् । दिवा खाजा गाउँ घरमा उत्पादन भएको अर्गानिक खुवाउनु पर्ने भए पनि बजारमा सजिलै पाउने बालबालिकालाई हानी गर्ने जङ्कफुड खुवाउने गरिएको अर्का अभिभावक बलविर रावलले बताउनु भयो । जङ्कफुडले बालबालिकालाई असर गर्ने भए पनि शिक्षकहरुले बेवास्ता गर्दै उक्त खाजा खुवाउँदै आएको उहाँले गुनासो गर्नुभयो । यस्तो खाजा दिँदा बालबालिकामा दैनिक दिने, टाउको दुख्ने, ज्वरो आउने जस्ता रोगहरू देखापर्ने गरेको छ ।
विद्यालयले चाउचाउ र विस्कुट खाजा दिउका कारण आफ्नो आँखा पहेँलो भएको मालिका माध्यामिक विद्यालय कक्षा ५ मा अध्ययनरत पारसा शाहीले गुनासो गर्नुभयो ।
खार्पुनाथ गाउँपालका शिक्षा शाखा प्रमुख ललितजंग शाहीले गाउँपालिकाका दुई ओटा विद्यालयका बालबालिकालाई खुवाउने दिवा खाजा चाउचाउ गरेको पाइएको बताउनुभयो । यसमा सचेत राख्न लगाउने र अबका दिनलाई सुधार गर्ने बताउनुभयो । उहाँका अनुसार दिवा खाजा व्यवस्थापन तथा माप दण्ड २०७६।०७७ को मापदण्ड र निर्देशिकामा दिवा खाजाको व्यवस्थापन साथै विद्यार्थीहरुलाई पोषण युक्त खाने कुरा खुवाउने उल्लेख गरिएको छ ।
उहाँले यस विषयमा पटक–पटक विद्यालयमा अनुगमन गरेर भन्दा पनि नमानेको बताउनुभयो । चाउचाउ नखुवाउनु, गाउँ घरतिर उत्पादन भएको अर्गानिक खाजा दिनु भनेको छ । अब यस विषयमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकसँग कुरा राख्ने प्रतिकृया दिनुभयो ।
यस विषयमा मालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक दलबहादुर ऐडीले चना र सिमि नपाइएकाले समस्याले दिवाखाजामा जङ्क फुड प्रयोग भएको बताउनुभयो । सरकारले दिवा खाजा बापत हिमाली जिल्लाका लागि २० रुपैयाँ दिँदै आएको छ । दुई ओटा विद्यालय गरेर १ सय ८५ जना विद्यार्थी छन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…