अब ब्यानर, पोस्टर हटाउनुस्: आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको प्रसारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले विभिन्न स्थानमा टाँसेका पर्चा, पोस्टर, भित्तेलेखन, तुल, ब्यानर तथा डिजिटल डिस्प्लेलाई तुरुन्त हटाउन राजनीतिक दल र उम्मेदवारसँग आग्रह गरेको राससले जनाएको छ ।

निर्वाचन आयोगले जेठ ४ गते प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल तथा उम्मेदवारले गाउँ शहरको वातावरणलाई स्वच्छ र हराभरा बनाउने सम्बन्धमा गरेको प्रतिबद्धतानुरुप पहिलो चरणको स्थानीय तहको निर्वाचनको समयमा राखिएका प्रचारका सामग्री हटाउन आग्रह गरेको हो ।

स्थानीय सरकार गठनका लागि भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई राम्रो कार्यको सुरुवात सफाइको अभियानबाट गर्न आयोगले सम्पूर्ण सरोकार भएकाहरूसँग अनुरोध गरेको छ ।


अनलाइन डेस्क