अबरुद्ध राजमार्ग खुलाउन गएका प्रहरीमाथि भएको आक्रमणमा सात जना प्रहरी घाइते
लेखनाथ नपा-३ स्थित बुढीबजारमा साउन २८ गते भएको दुर्घटनामा मृत्यु भएका लेखनाथ नपा-१३ जनताको चौतारा बस्ने ३५ वर्षीय बिजय गुरुङको परिवारलाई क्षतिपूर्तिको माग गर्दै पीडितका आफन्तजनले राजमार्ग बन्द गराउन खोज्ने क्रममा रोक्न आएका प्रहरीमाथि आक्रमण गर्दा सात जना प्रहरी घाइते भएका छन् ।
साउन ३० गते भएको उक्त आक्रमणमा परी प्रहरी हवल्दार ३८ वर्षीय रामु पौडेल, प्रहरी जवानहरू ४० वर्षीय देबबहादुर थापा, २८ वर्षीया शुष्मा परियार, ३० वर्षीय सुरज नेपाली, ३२ वर्षीय छबिलाल गैरे, सशस्त्र प्रहरी जवानहरू २५ वर्षीय इश्वरदत्त जोशी, २३ वर्षीय चित्रबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
विष्णुप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
नौ दिनदेखि धर्नामा बसेका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित नौ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बसिरहनुभएका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।…
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…