अपाङ्ग भएका कारण विद्यालयमा पढ्नबाट वञ्चित
चौतारा सागाचोकगढी नगरपालिका-७ का २३ वर्षीय सरोज श्रेष्ठ अपाङ्ग भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित भएका छन् ।
पाँच वर्षअधि कक्षा ६ मा पढ्दै आउनुभएका सरोजलाई कक्षामा उमेर अनुसारको समूह नमिलेको भन्दै विद्यालयले भर्ना गर्न नमानेको सरोजकी दिदि सुशिला श्रेष्ठले बताउनु भयो ।
कक्षा ६ उतिर्ण हुँदा सरोज १८ वर्ष पुरा हुनुभएको थियो । तर सोही कक्षामा पढ्ने अन्य विद्यार्थीहरू भने बढीमा १२/१३ वर्षको मात्र भएकोले कक्षामा उमेर समूह नमिलेकोले विद्यालयमा भर्ना गर्न समस्या भएको श्री सिद्धि गणेश माविका साहायक प्रधानाध्यापक तिलकबहादुर दङ्गालले बताउनु भयो ।
शारीरिक रुपले अपाङ्ग हुनुभएका सरोज चार वर्षसम्म उपचारको क्रममा अस्पताल बस्नुपरेकोले पढाइमा ढिला भएको उहाँ बताउनुहुन्छ । आफूलाई पढ्ने इच्छा हुँदाहुँदै विद्यालयले भर्ना नगरेकोले आफूलाई दुःख लागेको सरोज श्रेष्ठले इन्सेकलाई बताउनु भयो ।
‘क’ वर्गको अपाङ्ग परिचय पत्र पाउनुभएका सरोजले सरकारबाट उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता मासिक ४ हजार रुपियाँ पाउनुहुन्छ । सामाजिक सुरक्षा भत्ताबाट प्राप्त भएको रकमले आफ्नो जीवन धान्न परेको सरोज बताउनुहुन्छ ।
दाहिने हात र खुट्टाले काम नगरेर अपाङ्ग भएका सरोज अन्य प्रविधियुक्त काम गरेर जिवनयापन गर्ने रहर भए पनि अपाङ्ग भएका कारण पढ्न नपाएकोले आफ्नो रहर पुरा नभएको दुखेसो पोख्नुहुन्छ ।
नेपालको संविधान २०७२ को मौलिक हकको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ जसमा सबै नागरिकलाई आधारभूत शिक्षामा पहुँचको प्रत्याभूत गरिएको छ । त्यसैगरी अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुने भनिएको छ । तर चौतारा सागाचोकगढी नगरपालिका-७ का २३ वर्षीय सरोज श्रेष्ठ अपाङ्ग भएकै कारण शिक्षाको अधिकारबाट वञ्चित हुनु परेको छ ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…