अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ ।
राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गर्नुभएको छ । आफूहरुले भौगलिक कठिनाइ, आर्थिक अभाव, सामाजिक अपहेलना तथा अन्य विभिन्न प्रकारका समस्या भोग्नुपरेको बताउनु भएको छ ।
अमरगढी नगरपालिका–१ भेटाका गणेश ऐरले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताले दैनिकी चलाउन केही सहज भएको भए पनि जिवन निर्वाह गर्न सास्ती खेप्नुपरेको बताउनु भयो ।
संरचनागत तथा सामाजिक भेदभाव अपाङ्गता भएका व्यक्तिहरूका लागि ठूलो चुनौती बनेको जिल्ला अपाङ्ग कल्याण सेवा समिति, डडेल्धुराका अध्यक्ष राजेन्द्रप्रसाद पन्तले बताउनु भयो । सामाजिक चेतनाको अभावले अपाङ्गता भएका व्यक्तिलाई अझै पनि सहानुभूति र दयाको दृष्टिले हेर्ने गरिएको र समाजले बिभिन्न स्थानमा हेलाहोचोको व्यवहार गर्ने गरको उहाँको भनाइ छ ।
जिल्लास्थित सरकारी संरचना तथा कार्यालय प्रमुखको कक्ष अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच पुग्न नसकेको अमरगढी नगरपालिका–३ मडका सुवास साउदको गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘अपाङ्गता भएका व्यक्तिले सरकारी काम तथा अन्य कार्यका लागि सरकारी कार्यालय आउँदा अनिवार्य सहयोगी ल्याउनु पर्छ । कार्यालयसम्म त जसो तसो पुगिन्छ । तर, कार्यालय प्रमुख माथिल्लो तलामा बस्नुहुन्छ । उहाँहरूलाई भेट्न निकै समस्या हुन्छ ।’
जिल्लाका अधिकांश स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, सामाजिक विकास कार्यालय प्रमुख, मालपोत अधिकृत, नापी प्रमुख, टेलिकम, विद्युतलगायत सरकारी कार्यालयका प्रमुखको माथिल्लो तलामा कार्यकक्ष छ । यसले गर्दा अपाङ्गता भएका सेवाग्राहीको पहुँच कार्यालय प्रमुखसम्म पुग्न सहज नभएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो छ ।
सरकारी कार्यालयमा अप्ठ्यारो सिँढी रहेकाले शारीरिक अपाङ्गता भएकाहरूले सहज सेवा लिन नपाएको जिल्ला अपाङ्ग कल्याण सेवा समितिका अध्यक्ष पन्तले बताउनु भयो । ‘वैशाखी, सेतो छडी बोक्नेहरूका लागि कार्यालयको सेवा कठिन भएको छ’, उहाँले भन्नुभयो, ‘मुलुकमा धेरै परिवर्तन आए तर अपाङ्गता भएका व्यक्तिले सहज सेवा पाउन सकेका छैनन् ।’
जिल्लास्थित अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा छुट समेत पाउँदैनन् । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था भए पनि आफूहरू सो सेवाबाट समेत वञ्चित हुनुपरेको अमरगढी नगरपालिका–५ का खगेन्द्र पाठकले गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘सार्वजनिक यातायातमा सास्ती खेपिरहेका छौँ । सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिका लागि आरक्षण सिट हुन्छ । तर, हामी प्रयोग गर्न पाउँदैनौँ । ‘कयौँ पटक डडेल्धुरा–धनगढी यात्रा गर्दा असहज यात्रा गर्नुपरेको छ ।’
अपाङ्गता भएका व्यक्तिका लागि स्थानीय सरकारले प्रयाप्त काम गर्न नसकेको र अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार तथा स्वाभिलम्बी बनाउनका लागि स्थानीय तहले रोजगारमूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने अपाङ्गता भएका व्यक्तिहरुको माग छ ।
स्थानीय तहमाप्रयाप्त बजेटको अभावमा योजनाहरु बनाउन समस्या भएको भए पनि अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउनका लागि स्थानीय तहले सीपमूलक तालिमहरु सञ्चालन गर्ने योजना बनाएको अमरगढी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा रावललेब बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने अपाङ्गता भएका व्यक्तिको अधिकारको सुनिश्चितताका लागि राज्यले सार्वजनिक यातायात तथा अन्य ठाउँमा आरक्षणको व्यवस्था गरेको र सोही अनुसार उहाँहले सुविधा पाउनु पर्ने बताउनु भयो । जिल्लामा ४ हजार १ सय ५० जना अपाङ्गता भएका व्यक्तिहरु रहनुभएको छ ।
शेरबहादुर भण्डारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
मालिका गाउँपालिका–८ का ६० वर्षीय लालबहादुर घर्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २९ वर्षीय डम्बरबहादुर घर्तिलाई प्रहरीले ०८१ माघ ८ गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन…