अपाङ्गमैत्री कानुन तथा नीति बनाउने सवालमा सकारात्मक छौँः मन्त्री थापा
गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले प्रदेश सरकार अपाङ्गमैत्री कानुन तथा नीति बनाउने सवालमा सकारात्मक रहेको बताउनु भएको छ ।
डिडा नेपाल, इन्सेक, आइएमएफ, नेपाल नेत्रहीन सङ्घ लगायतको समन्वयमा असार ४ गते पोखरामा सम्पन्न ‘दिगो विकास र अपाङ्गता सवालमा सेवाग्राही तथा सेवा प्रदायकबिच भएको अन्तरक्रिया कार्यशाला’मा मन्त्री थापाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले गर्ने भेदभाव पहिलेभन्दा सुधारोन्मुख रहेपनि पुर्णरुपमा हटाउन राज्य, समाज र सरोकारवाला एक हुनुपर्ने बताउनु भयो ।
नयाँ बन्ने संरचनाहरू अपाङ्गमैत्री बन्दै गएको र कानुन कार्यन्वयनमा समेत प्रदेश सरकार चनाखो रहेको उहाँको भनाइ छ ।
उहाँले कानुन मात्रै बनाएर नभई त्यसको कार्यन्वयन गर्नु चुनौतीपूर्ण विषय भएकाले प्रभावकारी कार्यन्वयनमा नागरिक अधिकारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नु भयो ।
‘अन्तरक्रिया कार्यक्रममार्फत महत्वपूर्ण विषयहरू उठान भएका छन् । जसको कार्यन्वयन हुनुपर्ने आवश्यकता छ । प्रदेश सरकार अपाङ्गमैत्री कानुन निर्माण गर्ने कुरामा प्रतिबद्ध छ । अपाङ्गता भएका व्यक्तिहरूको समस्यालाई समाधान गर्ने गरी हामी लागिपरेका छौँ ।’–उहाँले भन्नु भयो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्य माया तिमिल्सिनाले दिगो विकास लक्ष्य कुनै एक मन्त्रालयको मात्रै नभई सबै मन्त्रालय र सरोकारवालाहरूको सरोकारको विषय भएको बताउनु भयो ।
उहाँले नीति तथा योजना निर्माणमा लक्षित वर्गको अर्थपूर्ण सहभागिता गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
गैर सरकारी संस्था महासङ्घ गण्डकीका कार्यबाहक अध्यक्ष पदम पहारीले पोखरा ब्युटिफिकेशनका लागि भनेर बनाइएको फुट ट्र्याक अपाङ्गमैत्री बन्न नसकेको भन्दै त्यसलाई अपाङ्गमैत्री बनाउन आग्रह गर्नुभयो ।
नेपाल नेत्रहीन सङ्घका केन्द्रीय महासचिव शिशिर खनालले अपाङ्गता भएकाहरूको नाममा ब्लुबुक रहने गरी चारपाङ्ग्रे हलुका सवारीसाधनलाई भन्सार छुट गर्न माग गर्नु भयो ।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले निशुल्कः ह्विलचेयरका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको भन्दै धन्यवाद व्यक्त गर्नु भयो ।
राज्यले अपाङ्गता भएका व्यक्तिहरूको लागि ल्याएको नीति योजना र बजेट कार्यन्वयनको अवस्थालाई अनुगमन गरी प्रभावकारी कार्यन्वयन गर्न लाग्नु पर्ने भनाइ उहाँको थियो ।
स्थानीय तहको निर्वाचनमा अत्यन्तै न्यून अपाङ्गता भएका व्यक्तिहरू जनप्रतिनिधिको रूपमा उपस्थिति रहेको भन्दै आगामी निर्वाचनमा हरेक राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिहरूको आरक्षणको व्यवस्थापन गर्न माग गर्नु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता हुन आवश्यक रहेको भनाइ उहाँको थियो । राज्यले अपाङ्गताका क्षेत्रमा सम्बोधन गर्नुपर्ने विषयलाई आगामी दिनमा समेट्नुपर्ने आवश्यकतालाई औँल्याउनु भयो ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल अध्यक्ष बिना सिलवाल अपाङ्गता भएकाहरूको तथ्याङ्क लिएर प्राथमिकताका आधारमा योजना तर्जुमा गर्नुपर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरूमा नै महिला र पुरुषबिच विभेद अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी गङ्गा खड्काले कानुनले दिएका अधिकारलाई उपयोग गर्न नसकिरहेको भन्दै कानुन कार्यन्वयन चुनौती रहेको बताउनु भयो ।
सहभागी कृष्णप्रसाद अधिकारीले निर्णयमा प्रक्रियामा अपाङ्गहरूलाई सहभागी गराउन आवश्यक रहेको उल्लेख गर्नभुयो ।
कानुन मन्त्रालयले कानुन कार्यन्वयन भए नभएको अनुगमनका लागि आवश्यक पहल गर्नुपर्ने विषयलाई समेत उठाइएको थियो ।
सहभागी हरिदत्त शर्माले निजी तथा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण हुनुपर्ने माग गर्नु भयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी अध्यक्ष खोम शर्माले दिगो विकास लक्ष्य र अपाङ्गता भएका अवस्था र अधिकार बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सुशन घिमिरे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…