अपाङ्ग मैत्री भौतिक सङ्चना नहुँदा अपाङ्ता भएका सेवाग्राही समस्यामा
अपाङ्गता मैत्री भौतिक सङ्चना नहुँदा अपाङ्ता भएका सेवाग्राहीलाई समस्या हुने गरेको अपाङ्गता भएका नागरिकहरूले गुनासो गरेका छन् ।
सरकारले अपाङ्गता मैत्री भौतिक सङ्रचना निमार्ण गर्ने भनेता पनि जिल्लामा आफूले सेवा लिन जाने क्रममा एउटा पनि सरकारी कार्यालय अपाङ्गता मैत्री भौतिक सङ्चना नभएको प्यूठान नपा– ३ का ३६ वर्षीय दृष्टि विहीन टंक बिकले बताउनु भयो । आफू दृष्टि विहीन भएको र सहयोगीको साथ चाहिने भएपनि सरकारी कार्यालयमा सेवा लिन जादा कार्यालयहरू अपाङ्ग मैत्री नहुँदा समस्या भोगेको बताउनु भयो ।
राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सदस्य जुमानसिंह केसीले राज्यले बिभिन्न नीति नियम निर्माण गरे पनि कार्यान्वयन नहुँदा आफूहरूले समस्या भोग्नु परेको बताउनु भयो ।
नेपाल सरकारले अपाङ्गता भएका नागरिकहरूकालागि पहुँच युक्त भौतिक सङ्चना तथा सञ्चार सेवा निर्देशिका २०६९ बनाएको र सो निर्देशिका अहिले सम्म कार्यान्वयनमा नआएको प्रदेश सदस्य केसीले बताउनु भयो ।
जिल्लामा ५ हजार भन्दा बढी विभिन्न बर्गका अपाङ्गता नागरिकहरू रहेको तथ्याङ्क छ । अपाङ्गता भएका नागरिकहरूको सरकारी निकायमा सहज नहुँदाकालागि तीनै तहका सरकारले भौतिक सङ्रचना निर्माण गर्दा ध्यान दिनु पर्ने जिल्ला अपाङ्ग महासंघ अध्यक्ष हुनाराम खडकाले बताउनु भयो । निमार्ण सम्पन्न भइसकेका पुराना सङरचना तत्काल अपाङ्ग मैत्री बनाउन नसके पनि अब निमार्ण हुने सङ्रचनामा ध्यान दिनुपर्ने अध्यक्ष खडकाले बताउनु भयो ।
सरकारी भवन अपाङ्गतामैत्री नहुनु त्यसमा पनि कार्यालय प्रमुखको कार्य कक्ष माथिल्लो तलामा हुँदा आफूहरूलाई सेवा लिन निकै समस्या हुने गरेको खडकाको भनाई रहेको छ ।
अपाङ्गता भएका नागरिकहरूको सरकारी सेवामा सहज पहुँचकालागि सबै कार्यालयसँग समन्वय गरेको र जिल्लामा अब निर्माण हुने जुन सुकै सरकारी भवन अपाङ्गता मैत्री निमार्ण गर्न को लागि समन्वयको काम गर्ने जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जिसीले बताउनु भयो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…