अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला
अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शैल्यशिखर नगरपालिका–४ का ४९ वर्षीय बिस्ने ठगुन्नालाई असार ८ गते १३ वर्ष कैद सजायको फैसला सुनाइएकोे छ ।
जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले आरोपितलाई १३ वर्ष कैद, ५ लाख रुपियाँ जरिवाना र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति दिनुपर्ने फैसला सुनाएको जिल्ला अदालत, दार्चुलाका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो । ०७९ चैत २९ गते बलात्कार गरेको भन्दै पीडितले ०८० वैशाख १ गते जिल्ला प्रहरी कार्यालय, दार्चुमा उजुरी दिनुभएको थियो ।
प्रहरीले आरोपितलाई वैशाख ६ गते सदरमुकाम खलंगाबाट गिरफ्तार गरी सरकारी वकिल कार्यालयमार्फत जबरजस्तीकरणी अन्तर्गत वैशाख २९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १ गते जिल्ला अस्पताल, दार्चुलामा भएको थियो ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…