अपाङ्गता भएका १२ वर्षको दाइलाई बोकेर दैनिक स्कुल

पालुङटार नगरपालिका-९ धुँवाकोटस्थित मदने डाँडा माध्यमिक विद्यालयमा दैनिक १० वर्षीया सुस्मिता बराम दैनिक अपाङ्गता भएका १२ वर्षीय दाजु लक्ष्मणलाई बोकेर विद्यालय आइजाई गर्छिन् ।

जन्मजात अपाङ्गता भएका लक्ष्मण तीन कक्षामा पढ्छन भने सुस्मिता दुई कक्षामा पढ्छिन् । 'दाइको गोडा टेक्नै मिल्दैन अनि सधैँ म आफैँ दाइलाई बोकेर स्कुल ल्याउँछु ।'-सुस्मिताले भनिन् । उनले दाइलाई दैनिक कक्षा कोठासम्म छाडेर आफ्नो कक्षा कोठामा किताव राख्न जाने गरेको सुनाइन् । 'बिस्तारी थकाइ मार्दै बाटोमा बिसाएर बोकेर ल्याउँछु । कहिलेकहिँ मेरा साथीहरूले कहिले किताव बोक्न त कहिले दाइलाई बोक्न सहयोग गर्छन् ।'-उनले भनिन् ।

आधा घण्टाको पैदल बाटो दाजु बोकर विद्यालय आउँदा एक घण्टासम्म लाग्ने गरको सुस्मिता बताउँछिन् । सुस्मिताको आमा अन्यत्रै गएपछि उनीहरू दुवैको लालनपालन हजुरआमा सुनमायाले गर्दै आएकी छन् ।

लक्ष्मण परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको विद्यालयका प्रध्यानाध्यापक रुद्रप्रसाद उप्रेती बताउँछन् । 'यहाँ विद्यालय ल्याएपछि हामी शिक्षक र अरू उनका साथीहरूले यताउता लाने शौचालय लाने गर्छन् ।'-उप्रेतीले भने-'गोडाले टेक्नै मिल्दैन रहेछ । गोडाको सबै नशा खुम्चिएका छन् ।'

1

1

1

1

1

1

1

1


हरिराम उप्रेती