अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे ।
४१ वर्ष पुगेका अशक्त छोराको दैनिक रूपमा हेरचाह गर्नु सरनकुमारी पुनको दैनिकी थियो । २०३९ साउन १७ गते दोश्रो सन्तानका रूपमा जन्मीएका भविन्द्र पुनको जन्मदै कम्मर मुनीको भाग कमजोर थियो । समय सँगै हुर्कदैँ गएपछि शरीरको अन्यवनावटले आकार लियो तरपनि खुट्टाले उचित आकार लिन सकेन । बोली पनि स्पष्ट भएन घिस्रेरै हिड्न थाल्यो भविन्द्रकी आमा सरनकुमारी पुनले सुनाउनु हुन्छ ।
नागरिकताको प्रमाणपत्रमा औंठाछाप लगाउन पनि निकै मुस्कील परेको थियो, जब औंठा छाप लगाएर नागरिकता हातमा हाल्दीनुभयो मेरो हर्षको आँशु मैले रोक्नै सकिन आमा भन्नु हुन्छ । उहाँ भन्नुहुन्छ–‘घरमै आएर नागरिकता दिने सबैलाई चाहे जतिको पुगोस, भगवानले सबै पुरा गरिदीउन् भन्दै आशिष दिएँ ।’ उहाँले भन्नुभयो ।
हिमाञ्चल माध्यमिक विद्यालय राम्चेका प्रधानाध्यापक रमन पुनको विशेष पहल तथा वडा कार्यालयको समन्वय र सहकार्यमा सदरमुकाम पुगेर नागरिकता बनाउन नसक्ने अवस्थाका व्यक्तीलाई प्रशासनको टोलीले नागरिकता दिएको थियो । सेवाग्राहीको घरमै नागरिकता दिन सकिएकोमा उत्साहित भएको अन्नपुर्ण गाउँपालिका–८ का वडा अध्यक्ष खमबहादुर गर्बुजा पुनले भन्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले आवश्यक प्रकृया पुरा गरेर घरमै नागरिकता हस्तान्तरण गर्नुभएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सूचना अधिकारी धिरेन्द्रराज पन्तले बताउनुभयो ।
पुनको जन्मदर्ताको आधारमा बनाएको ‘क’ वर्गको अपाङ्गता परिचयपत्रको आधारमा सामाजिक सुरक्षा भत्ता पाउने गर्नु भएको भए पनि अब नागरिकता बिना भत्ता प्रदान गर्न सक्ने अवस्था नभएकोले नागरिकता बनाउनका लागि पहल थालिएको र सफल पनि भएको अन्नपुर्ण–८ का सचिव बनिका गर्बुजा पुनले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साथै अन्य सेवा लिनका लागि पनि नेपाली नागरिकता चाहिने भए पनि जिल्लामा पुगेर बनाउन नसक्ने भएकाले पहल गर्दा सफल भएको उहाँले बताउनुभयो । अब गाउँमै आएर नागरिकता दिँदा जनताले सेवा पाए भने अब राज्यले तोकेको सुविधा लिनका लागि पनि उनीहरूलाई सहज भएको उहाँको भनाई छ ।
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…