अपाङ्गता भएका व्यक्तिलाई इन्सेकद्वारा आर्थिक सहयोग
आर्थिक अभावका कारण परिचयपत्र बनाउन महिला तथा बालबालिका कार्यालय जान नसकिरहेका जिल्लाको सित्तड गाविस-२ सलेनाका ५५ वर्षीय कालुराम भुललाई इन्सेकले आर्थिक सहयोग गरी सम्बन्धित ठाँउमा पुर्याउन मद्दत गरेको छ ।
गाडी भाडा र बाटोको खाना खर्च नभएका कारण अपाङ्गता परिचयपत्र बनाउनबाट वञ्चित सलेनाका भुललाई मङ्सिर २२ गते इन्सेक जिल्ला प्रतिनिधि नरी बडुले एक हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।
भारतमा मजदुरी गर्ने कालुरामको चार वर्ष अगाडि प्यारालाइसिसका कारण हातगोडा चल्न छाडेपछि उनी घरैमा कुँजिएर बसेका थिए ।
कालुरामका भतिजा मोहनरामले काकालाई परिचयपत्रका लागि पहल गरिदिन भनि इन्सेकसँग मौखिक आग्रह गरेपछि सहयोग गरिएको जिल्ला प्रतिनिधि नरी बडुले जानकारी दिए ।
इन्सेकको पहलमा कालुरामको परिचयपत्रका लागि महिला तथा बालबालिका कार्यालय पाटन, बैतडीका सूचना अधिकारी र कार्यालय प्रमुखसँग पनि छलफल भएको छ ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता बुढाऐरले पुसको पहिलो साता बस्ने समितिको बैठकमा कालुरामको कुरालाई राखी परिचयपत्र प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…