अपाङ्गता भएका व्यक्तिलाई ७० वर्षको उमेरमा नागरिकता प्रदान

नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ ।

धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।

संविधानमा भएको व्यवस्था बमोजिम माप्यदूधकोशी गाउँपालिका-७ का अपाङ्गता ७० वर्षीया खगीमाया राईले ७० वर्षको उमेर नेपाली नागरिकताको प्रमाणपत्र भदौ १९ गते पाउनु भएको छ ।

Photo 20230707 Solu

खगीमायाका बाबुआमा खगीमाया नाबालिक अवस्थामै बितेपछि अभिभावक नहुँदा ७० वर्षको उमेरसम्म खगीमायाले नागरिकता प्राप्त गर्न नसकेको माप्यदूधकोशी गाउँपालिका-७ का वडाध्यक्ष सगुजीत राईले बताउनु भयो ।

आर्थिक अवस्था कमजोरका साथै शारिरीक अपाङ्गता हुनु भएकी राईलाई वडाध्यक्षको पहलमा नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताउनु भयो ।

नेपाली नागरिकताको प्रमाणपत्र पाएसँगै खगीमायाले अब वृद्ध भत्ता, अपाङ्गता भत्तालगायत राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा पाउनु हुने भएको छ ।


अञ्जु कार्की