अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक समितिमा
व्यवस्थापिका संसद्को कात्तिक २ गते बसेको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक,२०७२ थप छलफलका निम्ति संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिमा पुगेको छ ।
प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्यण मन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशङ्कर नायकले उक्त विधेयकलाई निर्णयार्थ संसदमा पेश गरेका थिए ।
विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसद वङ्शीधर मिश्रले अपाङ्गताको परिभाषालाई अझ व्यापक बनाई विधेयक परिमार्जन पश्चात पेस गर्न सुझाए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद डा. सुवोध पोखरेलले अपाङ्गता भएका व्यक्तिको वर्गीकरण र आर्थिक तथा सामाजिक सशक्तिकरणको विषयलाई विधेयकमा ध्यान नदिएको आरोप लगाए ।
एमाले सांसद गुरुप्रसाद बुर्लाकोटीले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अपाङ्गताको परिभाषा अस्पष्ट रहेको भन्दै सो विषयलाई सम्बोधन गर्न माग गरे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अपाङ्गता हुन नै नदिन सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने र अपाङ्गतासम्बन्धी काम स्थानीय निकायलाई दिइनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद कुन्तीकुमारी शाहीले अपाङ्गता भएका व्यक्तिलाई समाजमा सम्मानजनक रूपमा जीवन निर्वाहको वातावरण निर्माणको कुरा विधेयकमा राखिनुपर्ने बताउँदै उनीहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारी निःशुल्क व्यवस्था गरिनुपर्ने बताइन् ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै कानुन मन्त्री नायकले विधेयक अपाङ्गता भएकामाथिको भेदभाव अन्त्य र सशक्तिकरणका लागि ल्याइएको बताए । उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्धि, महासन्धिको ख्याल गर्दै विधेयक ल्याइएको बताए ।
यो विधेयक पारित भए ३४ वर्ष पुरानो अपाङ्गता संरक्षण तथा कल्याण ऐन २०३९ प्रतिस्थापन हुने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अपाङ्गता शाखाका नासु कृष्ण भट्टराईले बताए ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…