अपाङ्गता भएका व्यक्तिको अधिकारको लागि दुई जना युवाहरुद्वारा ह्विलचियरको यात्रा
अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि दुई जना अपाङ्गता भएका युवाहरुले काठमाडौं देखी पोखरासम्मको ह्विलचियरको यात्रा गर्नुभएको छ । काठमाडौंका दिवस परियार र आशिष भुजेल गत चैत ३ गते काठमाडौंको भृकुटीमण्डपबाट ह्विलचियर यात्रा गरि चैत ७ गते साँझ तनहुँको दमौली आइपुग्नु भएको हो ।
‘दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य’ भन्ने नाराका साथ आफुहरु काठमाडौं देखि पोखरासम्मको ह्विलचियर यात्रामा हिडेको दिवस परियारले बताउनु भयो । उहाँहरुलाई दमौलीमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उपमेयर इन्दिरा दरै, राष्ट्रिय सभाका पुर्व सदस्य प्रकाश पन्थ, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, लगायतले दमौलीमा स्वागत गर्नुभएको थियो ।
अपाङ्गतामैत्री संरचनामा पहुँचयुक्ततामा जोड दिन राज्यलाई रचनात्मक किसिमले ध्यानाकर्षण गराउने आफुहरुको मुख्य उद्देश्य रहेको आशिष भुजेलले बताउनु भयो । सो अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ब्यास नगरपालिकाको प्रशासकीय भवन पुर्ण रुपमा अपाङ्गतामैत्री रहेको भन्दै अन्य निर्माणाधिन संरचनाहरु पनि अपाङ्गतामैत्री बनाउने बताउनु भयो । प्रमुख न्यौपानेले युवाहरुको साहसिक कार्यको प्रसंशा गर्दै व्यास नगरपालिकाको तर्फबाट बाटो खर्च स्वरुप आर्थिक सहयोग उपलब्ध गराउनु भएको थियो ।
यात्राको क्रममा कुनै समस्या पर्न सक्ने भएकाले अन्य दुई जना सहयोगी सहित चार जनाको टोली काठमाडौं पोखराको यात्रामा हिड्नु भएको हो । अपाङ्गता भएका व्यक्तिहरुले पनि महत्वपूर्ण काम गर्न सक्ने र फरक क्षमता भएका व्यक्तिलाई दया माया भन्दापनि अवसरको खाँचो रहेको भुजेलले बताउनु भयो । अब नयाँ बन्ने हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने, अपाङ्गताको अधिकारको कार्यान्वयन हुनुपर्ने आफुहरुको माग रहेको उहाँहरुले बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…