अपाङ्गता भएका महिला र बालिका बलात्कारका घटनामा पीडित हुनेको सङ्ख्या बढ्दो
रामेछाप जिल्लामा अपाङ्गता भएका महिला र बालिकाहरू बलात्कारका घटनामा पीडित हुनेको सङ्ख्या बढ्दो क्रममा पाइएको छ ।
सन २०२२ मा जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई हेर्दा बलात्कारका घटनामा पीडित महिला र बालिकाहरूमा पूर्णरूपमा अपाङ्गता भएकासम्म पीडित भएका छन् ।
जिल्लमा वर्षभरिमा भएका १८ ओटा बलात्कारका घटना अभलिेख भएकोमा ६ जना अपाङ्गता भएका महिला र बालिका बलात्कारका घटनामा पीडित भएका छन् । जसमा एक जना पूर्ण रूपमा असक्त महिला पनि बलात्कार घटनामा पीडित भएकी छन् ।
कूल १८ ओटा बलात्कारका घटनामा १० जना महिला पीडित भएका छन् । जसमा चार जना अपाङ्गता भएका महिला छन् । चार मध्ये तीन जना बोल्न नसक्ने महिला छन् । एक जना बोल्न तथा उठ्न समेत नसक्ने महिला पीडित भएकी हुन् ।
यसै गरी सन् २०२२ मा आठ जना बालिका बलात्कारको घटनामा पीडित भएका छन् । ती मध्ये दुई जना अपाङ्गता भएका बालिका छन् । दुवै अपाङ्गता भएका बालिका बोल्न नसक्ने हुन् ।
बलात्कारको घटना आफैँमा जघन्य अपराधका घटना भएकोमा अपाङ्गता भएका महिला र बालिका बलात्कृत हुनु थप जघन्य अपराधको घटना भएको रामेछापका न्यायाधीवक्ता योगन्द्रप्रसाद ढुङ्गेल बताउनुहुन्छ ।
यो वर्ष बलात्कारका घटना पीडित हुनेको अवस्था हेर्दा समाजमा मानवीय आचरण विचलित हुन थालेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
‘बोल्न नसक्ने अपाङ्गलाई बलात्कार गर्दा घटना सार्वजनिक हुँदैन र जोगिन सकिन्छ भन्ने मानसिकताले यस्ता घटना भएका हुन सक्छन्’, ढुङ्गेलले भन्नुभयो ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…