अपाङ्गता भएका बालबालिकालाई सामाग्री सहयोग
लक्षित वर्ग अन्तर्गत विनियोजित रकमबाट जिल्ला विकास समितिले २५ ओटा सिरक र तन्ना किनेर अपाङ्गता भएका बालबालिकालाई प्रदान गरेको छ ।
अपाङ्गता भएका बालबालिकाहरूको होस्टेलमा सुत्नका लागि सहज होस् भनेर सिरक र तन्ना सहयोग गरिएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले बताए । जिल्ला विकास समितिले विनियोजित गरिएको लक्षित वर्गको रकम मध्येबाट तीन ओटा होस्टेलमा १ लाख रुपियाँ बराबारको समान किनेर सहयोग गरेको जोशीले बताए ।
सो सामाग्री जिल्लाको सहारा समूहका २५ जना, माया सदनका १५ जना र हेड नेपालका १० जना बालबालिकालाई उपलब्ध गराइएको जिविसले जनाएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
खानेपानीको समस्या झेल्दै रारा गाउँबासी
तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
जिल्ला अस्पताल स्तरोन्नति नहुँदा बिरामीलाई सास्ती !
डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ…
हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा…