अपाङ्गता भएका दुई हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर

हुम्ला जिल्लामा अपाङ्गता भएका दुई हजार भन्दा बढी बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् । यहाँका २ हजार १ सय ९५ जना अपाङ्गता भएका बालबालिकाहरू अहिलेसम्म पठनपाठनबाट वञ्चित भएका हुन् ।

सरकारले सन २०१७ सम्म सबैका लागि शिक्षा कार्यक्रम लागु गरी विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि हुम्लामा अपाङ्गता भएका बालबालिकाहरूलाई यो नीति तथा कार्यक्रमले छोएको छैन ।

२७ ओटा गाउँ विकास समितिमा रहेका अपागङ्गता भएका बालबालिकाहरू विद्यालय बाहिर रहेको साहारा समूहका कार्यकारी निर्देशक सुर्यप्रसाद पौड्यालले जानकारी दिए ।

दृष्टिविहीन तथा न्यून दृष्टि भएका ६० जना, सुस्त श्रवण, शारीरिक अपाङ्गता भएका र सुस्त मनस्थितिका २ हजार १ सय ३५ जना बालिबालिकाहरू अहिलेसम्म विद्यालय बाहिर रहेको पौड्यालले बताए ।


नन्द सिंह