अपाङ्गता भएकाहरूलाई जनप्रतिनिधिद्वारा हेलाहोचो, अदालतबाट धरौटीमा रिहा
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ थुनथलाको सार्वजनिक कार्यक्रममा उपमेयर विसन राईले अपाङ्गता भएकाहरूलाई “समाजको भार” भनेपछि अदालतले ५० हजार रुपियाँ धरौटी माग गरेको छ ।
अपाङ्गता भएकाहरूलाई जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममा मानमर्दन हुने गरी दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला अदालतमा ०८१ भदौ ५ गते मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको भदौ ६ गते आदेशले ५० हजार रुपियाँ धरौटी माग गरेको र उपमेयर राईले सोही दिन धरौटी बुझाएर रिहा भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले बताउनु भयो ।
अपाङ्ग सेवा सङघका अध्यक्ष उमेशचन्द्र आचार्य र सचिव जयनारायण कटवालको उपमेयर राईविरुद्ध सरकारी वकिल कार्यालय खोटाङमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो । ०८१ साउन ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको तर डिएसपी पुरुषोत्तम खड्काले दर्ता गर्न नमानेपछि सरकारी वकिल कार्यालयमा भदौ ४ गते उजुरी दिएको उमेशचन्द्र आचार्यले बताउनु भयो ।
‘हामीले साउन ३२ गते नै डिएसपीलाई जाहेरी दिएका थियौं,’ आचार्यले भन्नुभयो ‘तर लिन नमानेपछि सरकारी वकिल कार्यालयमा दिएका हौं ।’ डिएसपी खड्काले यथेष्ट प्रमाणहरू नभएकाले दर्ता नभएको बताउनु भयो । ‘यसबारेमा यथेष्ट प्रमाणहरू थिएन, यसबारेमा सरकारी वकिलसँग परामर्श लिन सल्लाह दिएको हो, डिएसपी खड्काले भन्नुभयो ।
उजुरी पर्ने थाहा हुनासाथ जिल्ला प्रहरी कार्यालयमा आफैँ गएका उपमेयर राईलाई सरकारी वकिल कार्यालयले भने भदौ ५ गते फरार उल्लेख गरी अदालतमा मुद्दा दायर गरेको अधिवक्ता ओम घिमिरेले बताउनु भयो ।
उक्त मुद्दा दर्ताको विषयमा जिल्ला अदालतका निमित्त श्रेस्तेदार किरणकुमार राई र कानुन व्यवसायीहरू बीच विवाद भएको समेत घिमिरेको भनाइ छ । सरकारी वकिलले कार्यालयले समयभन्दा ढिलो उजुरी ल्याएको र त्यसलाई निमित्त श्रेस्तेदार राईले दर्ता गरेको भन्दै कानुन व्यवसायीहरूले विमति जनाएपछि उक्त उजुरीमा कार्यालय समयभन्दापछि दर्ता गरेको भन्ने शब्द उल्लेख गरेपछि मुद्दा दर्ताको सहमति भएको थियो ।
तारानाथ घिमिरे
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…