अपहरित बालक १ महिनादेखि अज्ञात रहँदा परिवार बिचल्लीमा
जितपुर सिमरा उपमहानगरपालिका–७ बाट गत ०७५ जेठ २२ गते अपहरित ललन गुप्ताका नौ वर्षीय बालक अङ्कित गुप्ताको अत्तोपत्तो नहुँदा परिवार बिचल्लीमा परेको छ ।
जेठ २३ गते इलाका प्रहरी कार्यालय सिमरामा पीडित परिवारले बालक अपहरण भएकोमा उजुरी गरेपनि बालकलाई प्रहरीले अपहरण मुक्त गराउन सकेको छैन । एक महिनादेखि अपहरित बालकको अवस्था अझै अज्ञात छ ।
अपहरण मुक्त गराउन न भारतीय प्रहरी न नेपाल प्रहरीले साथ दिएको अपहरित बालकका बाबु ललन गुप्ताले गुनासो गरे ।
‘हामी परिवार बिचल्लीमा छौँ । छोरोलाई अपहरणमुक्त गराइदिन सबैसित आग्रह गर्छु ।’–ललनले भने । घर नजिकै साथीको घरमा खेल्न गएको बखत अङ्कितलाई अज्ञात समुहले जेठ २२ मा साँझ ७ बजे बजारबाटै अपहरण गरी बेपत्ता बनाएको थियो ।
बालकलाई अपहरणमुक्त गर्न प्रहरी टीम परिचालन गरेको जिल्ला प्रहरी कार्यालयकी एसपी मीरा चौधरीले बताइन् । भारतीय प्रहरीसित समन्वय गरेर खोजी कार्य भइरहेको उनले बताइन् ।
लक्ष्मीसाह सोनार
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…