अपहरित बालक मृत अवस्थामा फेला
मायादेवी गाउँपालिका-४ पिपराका वडा अध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् । गुलडीहवाको निसवा स्कुल पढ्न जाँदै गर्दा बेपत्ता मोहम्मद ऐमान फागुन ६ गते मृत अवस्थामा भेटिएका हुन् ।
ऐमानको शव आफ्नै घर नजिकैको पोखरीमा भेटिएको प्रहरीले जनाएको छ । मृतक बालकको शरीरमा कुनै चोटपटक भने नलागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी नरेन्द्र कार्कीले बताए ।
मृतकका बाबु फत्तेहले आफ्नो छोरा हराएको नभई अपहरणमा परेको आरोप लगाउँदै आएका छन् । अपहरणकारीले नै आफ्नो छोराको हत्या गरेको उनको भनाइ छ ।
शवको पोष्टमार्टम फागुन ६ गते नै जिल्ला अस्पताल तौलिहवामा गरी आफन्तलाई बुझाइएको छ । यसैबिच आजै आफन्त तथा गाउँलेले अपहरणकारीको पहिचान गरी कडा कारबाहीको माग गर्दे विरोध प्रदर्शन गरेका छन् ।
नन्दराम पौडेल
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…