अपहरण र शरीर बन्धक घटनाका मुद्दा मुल्तबीमा
राजविराज नगरपालिका–१ पडरियाका २३ वर्षीय अजयकुमार दासलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोप लागेका सोही ठाउँका २७ वर्षीय निजामुद्दिन मियाँ र राजविराज नगरपालिका–८ पानी टंकीका २८ वर्षीय गफार मियाँविरुद्धको मुद्दा जेठ ९ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले फरार रहेका आरोपितहरूविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको अदालतले जनाएको छ । आरोपितका गाउँलेहरूका अनुसार फरार रहेका आरोपित गफार वैदेशिक रोजगारका लागि कतारमा र निजामुद्धिन कास्कीको पोखरामा रहेका छन् ।
आरोपितहरू सहित राजविराज नगरपालिका–१ पडरियाका २९ वर्षीय रसिद मियाँ र २८ वर्षीय मुस्ताक मियाँले २०७८ असोज १२ गते राति अपहरण गरी शरीर बन्धक बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७८ असोज १७ गते उजुरी दिनु भएको थियो ।
राजविराज नगरपालिका–८ कञ्चनरूप रोडको गुलाब ग्यारेजस्थित बाटोमा आरोपितहरूले घेरा हाली हातहतियार देखाई कुटपिट गर्दै गम्छाले मुख छोपी बोल्न, कराउन नदिई ३ सय मिटर दुरीमा रहेको कुखुरा फारम लगी अपहरण तथा शरीर बन्धक बनाएको पीडितले बताउनु भएको थियो ।
उजुरीका साथ पीडितले प्रहरीसमक्ष प्रमाणस्वरूप आरोपितहरूबाट बाँसको खाँबोमा डोरीले बाँधेर पानी खन्याउँदै कुटपिट गरेको भिडिओ पेश गरेका छन् । आरोपितहरूको पञ्जाबाट बल प्रयोग गरी भाग्न सफल भएका पीडितको असोज १३ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भयो ।
जिल्ला प्रहरी कार्यालयले ०७८ असोज १७ गते अपहरण तथा शरीर बन्धक उजुरी दर्ता गरेको थियो । आरोपितमध्ये रसिद र मुस्ताक ०७८ कात्तिक २६ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा ०७८ मङ्सिर २० गते अभियोजन पत्र दायर भएकोमा अदालतको आदेशमा आरोपितहरू रसिद र मुस्ताक मङ्सिर २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अदालतका न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको जेठ ९ गतेको इजलासले कुटपिट, अंगभंग मुद्दामा परिणत गर्दै रसिद र मुस्ताककालाई १ वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ । उक्त कैदसजाय अवधि पुरा भएपनि अन्य फौजदारी कसुरमा उनीहरू पुपक्र्षमै रहेकाले कारागारमै थुनामा रहेको कारागार प्रशासनले जनाएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…