अपहरण मुक्त भएपछि साँसद मल्लले भनिन्–‘द्वन्द्वको खतरा बढ्यो ’
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सांसद देवकी मल्लले पत्रकार सम्मेलन गरेर सो समूहले देशलाई द्वन्द्वमा लैजाने खतरा बढेको बताएकी छन् ।
नेकपा बझाङको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश सांसद मल्लले यस्तो खतरा रहेको औँल्याएकी हुन् ।
पत्रकार सम्मेलनपछि प्रेस विज्ञप्ति जारी गर्दै मल्लले आफ्ना असहमति र विचारहरूलाई शान्तिपुर्ण ढङ्गबाट जनतामा लैजाने र जनताबाट संविधानसमेत परिवर्तन गर्ने अधिकार संविधानमा नै सुनिश्चित गरिएकाले सशस्त्र युद्ध र विद्रोहको औचित्य समाप्त भएको उल्लेख गरेकी छन् ।
फागुन २४ गते बुङ्गल नगरपालिकाको विजगडामा स्वास्थ्य शिविर उद्घाटन गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाउन विथ्थडचिर गाँउपालिकाको सुनकुडा जाने क्रममा केदार स्युँ गाँउपालिकाको बगडी नजिकबाट विप्लव समूहका १२–१५ जना कार्यकर्ताले अपहरण गरेको बताउदै मल्लले भनिन्–‘ कार्यक्रममा अवरोध पु¥याएका सो पार्टीका कार्यकर्ताले ३–४ घण्टासम्म जङ्गलमा लगेर मानसिक तनाव दिए ।’ मल्लले आपूmलाई दिउँसो १२ बजे अपहरण गरेर अपरान्ह ४ बजे छोडेको बताइन् ।
रमेश केसी
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…