अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७९ भदौ ३ गते

बागलुङ नगरपालिका–१ रामरेखाकी ६ वर्षीया बालिका सुहाना तामाङलाई भदौ २ गते अपहरण प्रयास गरेको आरोपमा प्रहरीले जैमिनी नगरपालिका–७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई घटनास्थलबाटै गिरफ्तार गरेको छ ।

बागलुङ नगरपालिका–२ हल्लनचोकमा तरकारी किन्न बाबाका साथमा आएकी बालिकालाई बाबाको गाडीमा एक्लै देखेपछि भगवतीले आफ्नो बच्चा हो भन्दै जबरजस्ती लिएर हिँड्न खोज्दा बालिका रोएपछि स्थानीयले सोधपुछ गर्दा घटना बाहिर आएको थियो ।

बालिकाका आमा सपना थापाले भदौ ३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा आरोपित क्षेत्रीविरुद्ध उजुरी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर इन्द्रबहादुर रानाले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेर अनुसन्धन सुरु गरिएको बताउनु भयो ।


सिर्जना पन्त