अपहरण तथा सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० असार २४ गते

नाबालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका– १० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका– ११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारतको बिहार प्रदेश सीतामढी डुमरा थाना सुरसड पक्ष्मी १ सुरसड गाउँका १९ वर्षीय सुनिल दास भन्ने सुनील कुमारलार्ई असार १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असार १७ गते बिहान तनहुँको म्याग्दे गाउँपालिका– ४ थर्पुबाट पोखरा रानीपौवामा रहेको कोठामा ल्याएर सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकालाई बन्धक बनाएर बलात्कारपछि पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा महानगरपालिका– ३० पावरहाउसबाट प्रहरीले दुवै जनालाई गिरफ्तार गरेको हो ।

आरोपित विरूद्ध कास्की जिल्ला अदालतबाट अपहरण, शरीर बन्धक तथा बलात्कार सम्बन्धी मुद्दामा आठ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेकोे छ  ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ ।


सन्जय रानाभाट