अपहरण तथा शरीर बन्धक र बलात्कार घटनाका कसुरमा सात वर्ष कैद

  ०८० जेठ ८ गते

१९ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक र बलात्कार गरेको कसुरमा गोडैता नगरपालिका–१० का ३४ वर्षीय अजय साहलाई जिल्ला अदालत सर्लाहीले जेठ ७ गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपितलाई सात वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको जिल्ला अदालत सर्लाहीका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडित युवतीलाई साहले २०७९ पुस ६ गते अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पुस १४ गते उजुरी दिनुभएको थियो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण ०७९ पुस १४ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

 


बुधन साह