अपहरण तथा शरीर बन्धक घटनाका आरोपित गिरफ्तार
एक वर्षीय बालकलाई अपहरण गरेका आराेपित जनकपुरधाम उपमहानगरपालिका-२४ की ४२ वर्षीया विभा देवी मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाले ०८० फागुन १५ गते गिरफ्तार गरेकाे छ ।
आफ्नै घरको प्यासेजमा खेलिरहेका बालकलाई फागुन १२ गते साँझ आराेपितले अपहरण गरेकाे भन्दै पीडित परिवारले बालककाे खोज तलास गरिदिन हुन भनी सोही दिन जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनु भयाे ।
खोज तलासकाे क्रममा बालकलाई जिल्ला महोत्तरी लोहारपट्टी नगरपालिका-३ स्थितबाट आराेपित मण्डलको साथबाट फागुन १५ गते फेला पारी उद्धार गरी अभिभावकको जिम्मा लगाएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवाले बताउनु भयाे । साथै आराेपित विरुद्ध पीडित पक्षले दिएकाे उजुरी फागुन १५ गते नै दर्ता गरी थप अनुसन्धानकाे लागि जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गराएकाे डिएसपी आवाले बताउनु भयाे ।
सन्तोष कुमार यादब
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…