अपहरण घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ मङ्सिर १२ गते

२१ वर्षीया युवतीलाई अपहरण गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१२ कुवाका २२ वर्षीय गौरी पण्डितविरुद्ध ०८१ मङ्सिर ७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकाे छ ।

आरोपितले पीडित युवतीलाई मङ्सिर १ गते जनकपुरधामको क्याम्पस चोकबाट अपहरण गरी बन्धक बनाएको पीडित युवतीकी आमाले बताउनुभयो ।

आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सागर कार्कीले जानकारी दिनुभयो ।


सन्तोषकुमार यादव