अपहरण तथा शरिर बन्धक, बलात्कार आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई सुरुङ्गा नगरपालिका–३ दौलतपुरका २५ वर्षीय प्रमोदकुमार मण्डलले अपहरण तथा शरिर बन्धकबनाई बलात्कार गरेको आरोपमा पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा चैत २२ गते उजुरी दिनुभएको छ ।
घरबाट ०७९ फागुन २८ गते रुपनी गाउँपालिकास्थित साथीको घर जान निस्केकी पीडितलाई शम्भुनाथ नगरपालिका–६ कठौना बजारस्थित किरण चौधरीको घर कोठामा बन्धकबनाई बलात्कार गरेको र आपत्तिजनक फोटो, भिडिओ समेत बनाएको पीडितकी आमाले बताउनु भयो ।
कठौना बजारमा नास्ता, खानका लागि फकाई झुक्यानमा पारी किरण चौधरीको कोठामा पेय पदार्थमा नशालु औषधि मिसाइ खान दिएर बेहोस बनाई बलात्कार गरेको पीडितले बताउनु भयो । हल्ला गर्दा मेरो आपत्तिजनक फोटो, भिडिओ देखाई आमा, बुबा, भाई समेतलाई ज्यानमार्ने धम्की दिई डर त्रासमा पारी पटक पटक बलात्कार गरेको पीडितले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयले चैत १७ गते गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराएको छ । पीडितले उजुरीका साथ घटनास्थलमा छुटेको आरोपितको पर्स, परिचयपत्र र एटिएम कार्डहरू समेत प्रहरीको जिम्मा लगाएको छ । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…